ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

  • बिहिबार, असार ३२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, ३२ असारः तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ ।

काठमाडौँ महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गर्नुभएको हो ।

डङ्गोलले भन्नुभयो, “काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पु¥याइएका पुरातात्विक महत्व बोकेका वस्तु कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।”

कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राख्नुभएको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।

तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवीशक्ति वा मातृशक्तिका रुपमा पुजिन्छ ।

कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ ।

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी