समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ

समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ

  • मङ्लबार, असार ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गर्छौँ : मुख्यमन्त्री बानियाँ
पाटन (ललितपुर), ३० असार : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताउनुभएको छ ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आज यहाँ आयोजित समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता कार्यक्रममा उहाँले हालको समस्या समाधान भएपछि नयाँ समिति गठन गरी हस्तान्तरण गर्न सकिने बताउनुभएको हो।

सहकारीमा बचत गरेका सबैको बचतको सुरक्षा गर्ने कार्यमा ध्यान दिइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्छौँ, ऋणीको समस्या सुन्छौँ, ऋण तिर्ने वातावरण तयार हुनुपर्छ, यसका लागि राज्य कठोर हुन्छ ।”उहाँले महिलाले सञ्चालन गरेका सहकारी, कृषि सहकारी, केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले भन्नुभयो, “मन र बचनले जनताको हितमा काम गर्ने हो, बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही हुन्छ, ऋण उठ्ने आधारमा प्रभावकारी कदम चालिन्छ, पैसा तिर्ने मनस्थिति बनाउने ऋणीहरूलाई सहयोग गर्न तत्पर छौँ ।”त्यस अवसरमा उहाँले पाँच वटा समस्याग्रस्त सहकारीको १० हजारदेखि ५० हजारसम्म फिर्ता गरेर आशा जगाउने प्रयास गरेको बताउनुभयो ।
बागमती प्रदेशअन्तर्गत रहेका पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाकासाना बचतकर्ताहरूको बचत फिर्ता आजैबाट सुरु भएको छ । प्रदेशबाट हालसम्म सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टिमोड; दर्शन बचत तथा ऋण सहकारी संस्था कीर्तिपुर; सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोक; नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामाखुसी र लालीगुँरास बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरिएको छ ।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ताको सुरुवात गरेको हो । सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोकका बचतकर्ता तीर्थमायाँ राईले सहकारीमा जम्मा गरेको आफ्नो ४८ हजार रकम फिर्ता पाएपछि खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, सामाखुसीका जिज्ञासा मायाँ श्रेष्ठले रु ७८ हजार ५०० को चेक बुझ्दै यो कार्यले सहकारीका बचतकर्तामा आशा पलाएको बताउनुभयो । समितिले सुरुवातमा एक हजार ७६६ बचतकर्तालाई चार करोड १५ लाख फिर्ता गर्ने जनाएको छ । कार्यालयले ऋणीबाट नौ करोड ५४ लाख उठेकोमा गम्भीर किसिमका बिरामीलाई प्राथमिकतामा राखेर फिर्ता गर्ने जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले ऋणीले ऋण तिर्ने वातावरण बनाउन निकै मेहिनत गर्नुपरेको जनाउँदै नियम कानुनलाई आधार कठोर निर्णय चाल्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी