‘राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण’

‘राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण’

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

गण्डकी, २९ असारः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पु¥याउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनुभएको छ ।

दुई सय१३औँ भानु जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भानुभक्तले नेपाली भाषामा अनुवाद गर्नुभएको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीतालगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुका साथै विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह उल्लेख गर्नुभएको छ ।

“आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ, संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पु¥याउने उहाँको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पु¥याएको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पु¥याउनुभएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस अवसरमा आदिकविले देखिएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी