इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

  • आइतवार, असार २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौँ, २८ असार– इङल्यान्ड नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आज बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा इङल्यान्डका लागि जुड बेलिङघमले दुई गोल गरे। यस जितसँगै इङल्यान्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो।

अर्कातर्फ, पहिलो पटक विश्वकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको नर्वे भने प्रतियोगिताबाट बाहिरिएको छ। खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, नर्वेले उक्त अग्रता जोगाउन सकेन।

अब इङल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच भइरहेको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हाल जारी उक्त खेलमा अर्जेन्टिना १–० गोलको अग्रतासहित अगाडि रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी