समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

  • शनिबार, असार २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

धरान (सुनसरी), २७ असारः सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

सोही अवधिमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फछर्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख केशवकुमार थेबेले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रण, चेतना अभिवृद्धि तथा प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सफलता मिलेको बताउनुभयो ।

लागुऔषध ओसारपसार नियन्त्रण, ‘साइबर’ अपराध, घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुव्र्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएका छन् ।

सो अवधिमा रु. तीन करोड ४८ लाख ९१ हजार ५११ राजस्व सङ्कलन गरिएको छ । नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार नियन्त्रणबाट रु. आठ लाख ४४ हजार ९०० राजस्व असुली गरिएको छ । सवारी नियम पालना नगर्ने सवारीचालकबाट रु. तीन करोड ५७ लाख ३६ हजार ४११ राजस्व सङ्कलन भएको बताउनुभयो ।

यसैगरी, प्रशासनसमक्ष परेका उजुरीमध्ये चार हजार २६८ चार हजार १२४ वटा निरुपण गरिएको छ । फरार रहेका ६७१ प्रतिवादीमध्ये चार सय ८० जनालाई पक्राउ गरी अदालतको निर्णय कार्यान्वयन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी