राष्ट्रियसभाः नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिइयोस्

राष्ट्रियसभाः नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिइयोस्

  • शुक्रबार, असार २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ, २६ असारः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि मृत्यवरण भएका गणेश नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायाले नेपालीको उक्त घटना कसरी हुन गयो ? किन भयो ? भन्ने विषयमा सरकारले सत्यतथ्य छानबिन गरेर संसद्लाई जानकारी गराउन माग गर्नुभयो । आत्मदाह गरेर मृत्युवरण गर्नुभएका नेपालीको परिवारको आर्थिक अवस्था दयनीय रहेकाले उहाँको परिवारलाई पालनपोषण र हेरचाहका लागि सरकारले आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद मनरुपा शर्माले बिहीबार त्रिपुरेश्वरमा घटेको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सांसद रुक्मणी कोइरालाले जनतामा आत्मदाह गर्नुपर्ने बाध्यता किन सृजना भइरहेको छ ? सोको जवाफ माग गर्नुभयो । सांसद रेनु चन्दले सेवाप्रवाहका नाममा जथाभावी कर र दण्डको त्रास आमनागरिकलाई दिन नहुने भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसद पूजा चौधरीले कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षकले केही बोलेकै आधारमा स्पष्टीकरण सोध्नु न्यायोचित नहुने धारणा राख्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले हिजो त्रिपुरेश्वरमा भएको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

सासंद विष्णुदेवी पुडासैनीले आगामी दिनमा राज्यको जरिवानाकै विष्णु नेपालीको जस्तो कसैको पनि ज्यान जान नहुने भन्दै यसका लागि सबैलाई मान्य हुनेगरी दण्ड, जरिवानाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्मा आगोले जलिरहेको मान्छेलाई अपराधी जसरी घिसारेर अस्पताल लगिएको भिडियो सार्वजनिक भएको बताउँदै यसबारे पनि सत्यतथ्य खोजी गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारी गरिब, निमुखा जनतालाई केन्द्रमा राखी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सावित्री मल्लले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नुको कारणका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी