राष्ट्रियसभाः ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

राष्ट्रियसभाः ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

  • बिहिबार, असार २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

काठमाडौँ, २५ असारः राष्ट्रियसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सदस्य वासुदेव घिमिरेले भाग लिँदै आफूहरूका संशोधनलाई स्वीकार गरेकामा सरकारलाई धन्यवाद दिनुभयो ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समय सीमाको चापका बीच छोटो अवधिमा छलफलपश्चात् आजै अध्यादेशलाई प्रतिस्थापनसम्बन्धी चार र बजेटसम्बन्धी आश्रित दुई विधेयक पारित गर्न सकिएकामा सम्बन्धित मन्त्री, समितिका सदस्य र सबै सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । सभाको अर्काे बैठक यही असार २६ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी