सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे

  • सोमवार, असार २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, २२ असारः प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिन्छु भन्नुभयो । सांसद आङ्देम्बेले भन्नुभयो“ सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ । सकारात्मक काम जहाँ भएका छन्, त्यसको प्रशंसा गर्न कांग्रेस कन्जुस्याइँ गर्दैन । किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् । नेपाल देश हो ।”

उहाँले लोकतन्त्रमा सरकारको मूल्याङ्कन नागरिकको अनुभवबाट हुने टिप्पणी गर्दै सरकारको मूल्याङ्कन संविधानको सम्मानबाट संसद्प्रतिको उत्तरदायित्वबाट र सार्वजनिक संस्थाको विश्वसनीयताबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो,“लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो । राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि र संविधानको औचित्यपूर्ण संशोधनका लागि सरकारलाई सहयोग गर्दछ । यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न तयार छ । हामी सरकार सफल होस् भन्ने चाहन्छौँ, किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन् । नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन् ।”

नेता आङ्देम्बले सुकुम्बासी समस्याको दिगो समाधानका लागि आग्रह गर्नुभयो । साथै उहाँले संविधान निर्माणमा संसद्का सबै दल, संसद् बाहिरका पार्टीदेखि विभिन्न दल, संवैधानिक कानुनका विज्ञलगायतबीच संवाद गर्नुपर्ने सुझाव दिनुभयो । सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले एउटै हात्तीको आक्रमणबाट २५ जनाको ज्यान गएको र एउटै परिवारका चारजनाले ज्यान गुमाउनुपरेको पीडादायी अवस्थामा सरकारले हात्ती नियन्त्रण गर्न प्रभावकारी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । “यस्तो अवस्थामा राहत बाँडेर मात्र दायित्व पूरा हुँदैन । जङ्गली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्” उहाँले माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी