आदरणीय गगन थापाज्यू,
नेपाली राजनीतिक इतिहासमा अधिकांश नेताहरू पद, शक्ति वा अवसरका कारण परिचित भएका उदाहरणहरू प्रशस्त छन् । तर केही दुर्लभ व्यक्तित्वहरू यस्ता पनि हुन्छन्, जो आफ्नो बौद्धिक क्षमता, अध्ययनशीलता, तर्कप्रधान अभिव्यक्ति तथा वैचारिक उपस्थितिका कारण समाजमा विशिष्ट पहिचान निर्माण गर्न सफल हुन्छन् । यसर्थबाट हेर्दा तपाईं तीनै सीमित नेताहरूमध्ये एक हुनुहुन्छ, जाे विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुग्ने तपाईंको यात्रा कुनै आकस्मिक उपलब्धि नभएर संघर्ष, परिश्रम र राजनीतिक अभ्यासकै परिणाम हो । सार्वजनिक जीवनमा स्थापित भएको तपाईंको छवि केवल लोकप्रियताको उपज नभई वैचारिक क्षमता, अभिव्यक्ति शैली र समसामयिक विषयप्रतिको गम्भीर बाेधार्थले निर्माण गरेको राजनीतिक पूँजी हो ।
जनसमर्थनले व्यक्तिलाई चर्चित बनाउन सक्छ तर संस्थागत नेतृत्वका लागि व्यापक विश्वास, समयको संवेदनशीलता, धैर्य र सर्वस्वीकार्यताको दीर्घ प्रक्रिया नै अपरिहार्य हुन्छ। इतिहासमा यस्ता धेरै व्यक्तित्व छन् जसले असाधारण लोकप्रियता प्राप्त गरे तर नेतृत्वको शिखरमा पुग्न सकेनन् ।
राजनीतिमा आधारभूत मतभेद स्वाभाविक हुन्छन्; विचार, दृष्टिकोण र मूल्याङ्कनहरू समय, सन्दर्भ र वैचारिक अवस्थिति अनुसार फरक पनि हुन सक्छन् । तथापि, लोकतान्त्रिक विमर्शको निष्पक्ष धरातलमा उभिएर मूल्याङ्कन गर्दा तपाईंको विराेधीहरूले पनि स्वीकार गर्ने एउटा तथ्य के हाे भने गगन थापा समकालीन नेपाली राजनीतिमा आशा, ऊर्जा, बौद्धिक चेतना र प्रभावशाली वक्तृत्वकलाको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा स्थापित अनुहार हाे । तपाईं ती विरलै राजनीतिक पात्रहरूमध्ये एक हुनुहुन्छ, जसले नेपाली राजनीतिक परिदृश्यमा जनअपेक्षा, वैचारिक बहस र सार्वजनिक संवादलाई एकैसाथ प्रभावित पार्न सक्नुहुन्छ । यही कारणले, राजनीतिक सहमति वा असहमतिको सीमाभन्दा माथि उठेर, सर्वप्रथम तपाईंकाे राजनीतिक व्यक्तित्वप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
तर,
प्रिय गगन जी
राजनीतिक इतिहासले बारम्बार प्रमाणित गरेको एउटा कठोर सत्य के हाे भने लोकप्रियता नेतृत्वको आवश्यक एउटा सर्त हुनसक्छ तर पर्याप्त सर्त कहिल्यै हुँदैन । जनसमर्थनले व्यक्तिलाई चर्चित बनाउन सक्छ तर संस्थागत नेतृत्वका लागि व्यापक विश्वास, समयको संवेदनशीलता, धैर्य र सर्वस्वीकार्यताको दीर्घ प्रक्रिया नै अपरिहार्य हुन्छ। इतिहासमा यस्ता धेरै व्यक्तित्व छन् जसले असाधारण लोकप्रियता प्राप्त गरे तर नेतृत्वको शिखरमा पुग्न सकेनन् । अर्कोतर्फ, केही यस्ता नेता पनि देखिए जसले व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर संस्था, विचार र समयलाई प्राथमिकता दिँदा इतिहासले उनीहरूलाई स्थायी सम्मान दिएकाे छ ।
राजनीतिक इतिहास, त्याग, लोकतान्त्रिक विरासत र संगठनात्मक अनुभवले सु-सम्पन्न एउटा राजनीतिक दल एकाएक यसरी कमजोर हुँदैन ऊ तब कमजोर हुन्छ, जब संस्थाभन्दा व्यक्ति, सिद्धान्त भन्दा गुट र दीर्घकालीन राष्ट्रिय दृष्टिभन्दा अल्पकालीन शक्ति-सन्तुलन निर्णायक बन्न थाल्छ । संस्थाहरू प्रायः बाह्य आक्रमणले भन्दा आन्तरिक कारण र भित्री क्षयीकरणले ढल्छन् ।
नेपालकै सन्दर्भमा नेपाली कांग्रेसकै आदरणीय नेता प्रदीप गिरि यसको सशक्त उदाहरण हुन् । उनी असाधारण वैचारिक उचाइका राजनीतिज्ञ थिए । उनका भाषण, अध्ययन, चिन्तन, विश्लेषण र राजनीतिक दृष्टिले उनलाई समकालीन नेताहरूमाझ फरक उचाइमा पुर्यायाे । उनी लोकप्रिय थिए, उनी प्रभावशाली थिए, उनले निरन्तर जनताको मन जिते तर मन्त्री वा प्रधानमन्त्री बन्नुलाई आफ्नो राजनीतिक यात्राको केन्द्र कहिल्यै बनाएनन् । उनले सत्ताभन्दा विचारलाई, पदभन्दा नैतिक उचाइलाई र व्यक्तिगत उपलब्धिलाई भन्दा लोकतान्त्रिक संस्कृतिको विकासलाई जीवनभर ठूलो ठानिरहे । त्यसैले आजपनि उनको स्मृति कुनै पदका कारण होइन, राजनीतिक चिन्तन, चरित्र र नैतिकताको उदाहरणका रूपमा सम्मानित छ ।
प्रिय गगनजी, व्यक्तिगत महत्वाकांक्षा स्वयंमा दोषी होइन । उत्साह, आशा र रहर भएको युवा नेताले राजनीतिमा नेतृत्व चाहनु अस्वाभाविक पनि होइन । परिवर्तनको आकांक्षा, नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने चाहना र नेतृत्व ग्रहण गर्ने आत्मविश्वास राजनीतिका सकारात्मक ऊर्जा नै हुन् । तर, राजनीतिक नेतृत्व केवल इच्छा, रहर वा सस्तो लाेकप्रियताबाट स्थापित हुँदैन ।
यही सन्दर्भमा तपाईंप्रति एउटा गम्भीर प्रश्न उठेकाे छ, गगनजी । तपाईंको नेतृत्वप्रतिको आकांक्षा जनविश्वासको स्वाभाविक स्वीकृति हाे वा लोकप्रियताको मनोगत प्रभाव हाे ? कि समय अगावै सिर्जित नेतृत्वको चरम महत्वाकांक्षा हाे ? यो यक्ष प्रश्न आरोप होइन यो नेतृत्वको विकासक्रम माथिको आवश्यक र वैचारिक विमर्श हो । प्रिय गगनजी, व्यक्तिगत महत्वाकांक्षा स्वयंमा दोषी होइन । उत्साह, आशा र रहर भएको युवा नेताले राजनीतिमा नेतृत्व चाहनु अस्वाभाविक पनि होइन । परिवर्तनको आकांक्षा, नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने चाहना र नेतृत्व ग्रहण गर्ने आत्मविश्वास राजनीतिका सकारात्मक ऊर्जा नै हुन् । तर, राजनीतिक नेतृत्व केवल इच्छा, रहर वा सस्तो लाेकप्रियताबाट स्थापित हुँदैन । नेतृत्व तब परिपक्व हुन्छ जब व्यक्तिले आफ्नो समय चिन्न सक्छ, संस्थाको मनोविज्ञान बुझ्न सक्छ, आफ्ना समर्थक र शुभेच्छुक भन्दा फराकिलो स्वीकृति निर्माण गर्न सक्छ, व्यक्तिगत गतिलाई संस्थागत लयसँग विलय गराउन सक्छ । कांग्रेसको संगठनात्मक संरचना, यसको मनोविज्ञान र यसको परम्परा केवल उत्तेजित भाषणबाट मात्रै प्रभावित हुँदैन त्यो जनसम्बन्ध, जनविश्वास, धैर्य अनि समन्वयबाट परिचालित हुन्छ । सायद यही बिन्दुमा तपाईं नराम्रोसँग चुक्नुभयो / चुकाइयाे । इतिहासले प्रमाणित गरेको छ- समयभन्दा अगाडि दौडिएको महत्वाकांक्षा नेतृत्वको शक्ति होइन र हुँदै हुँदैन ।
इतिहासले नेतृत्वकाे उपलब्धि मात्रै हेर्दैन, अवसर गुमाएका महत्त्वपूर्ण क्षणहरूको पनि मूल्याङ्कन गर्छ । यसर्थ, नेपाली कांग्रेसलाई नयाँ क्षितिजतर्फ लैजान सक्ने नेतृत्वपंक्तिकै हैसियतले तपाईं यो संकटकाे एक्लाे निर्माता त हुनुहुन्न तर केवल साक्षी मात्र पनि हाेइन ।
आजको नेपाली कांग्रेसकाे संकट विचारको अभावबाट होइन, विचारलाई जनजीवन र संस्थागत जीवनमा रूपान्तरण गर्न नसक्नुबाट उत्पन्न भएको हो । राजनीतिक इतिहास, त्याग, लोकतान्त्रिक विरासत र संगठनात्मक अनुभवले सु-सम्पन्न एउटा राजनीतिक दल एकाएक यसरी कमजोर हुँदैन ऊ तब कमजोर हुन्छ, जब संस्थाभन्दा व्यक्ति, सिद्धान्त भन्दा गुट र दीर्घकालीन राष्ट्रिय दृष्टिभन्दा अल्पकालीन शक्ति-सन्तुलन निर्णायक बन्न थाल्छ । संस्थाहरू प्रायः बाह्य आक्रमणले भन्दा आन्तरिक कारण र भित्री क्षयीकरणले ढल्छन् । एक समय नेपाली कांग्रेस विशाल वरपिपलको रूखजस्तै थियो-जसका जराहरू समाजको गहिराइसम्म जतासुकै फैलिएका थिए जसको शितल छहारीले फरक विचार, फरक पुस्ता र फरक भूगोललाई एउटै लोकतान्त्रिक संस्कृतिमा जोड्थ्यो । आज त्यो संस्थागत वरपिपलकाे वृक्ष क्रमशः बोन्साइ वरपिपलकाे बृक्षमा रूपान्तरण भएको छ । जीवन बाँकी छ, हरियाली बाँकी छ, अस्तित्व पनि कायमै छ तर यसको प्राकृतिक विस्तार, आत्मविश्वास, वैचारिक उर्वरता, ऐतिहासिक उचाइ, प्रभाव र पहिचान केवल कृत्रिम सीमाभित्र संकुचित हुँदै गएको छ ।
नेपाली काङ्ग्रेसको याे अवस्थाको सम्पूर्ण जिम्मेवारी कुनै एक व्यक्तिमाथि थोपर्नु इतिहासप्रतिकाे अन्याय हाे र हुन्छ । संस्थागत उन्नति र अवनति सधैं सामूहिक निर्णय, सामूहिक मौनता र सामूहिक कमजोरीकै परिणाम हुन्छ । तर, यही कारण नेतृत्व आफ्नो जिम्मेवारी र उत्तरदायित्वबाट पूर्ण रूपले मुक्त हुँदैन । इतिहासले नेतृत्वकाे उपलब्धि मात्रै हेर्दैन, अवसर गुमाएका महत्त्वपूर्ण क्षणहरूको पनि मूल्याङ्कन गर्छ । यसर्थ, नेपाली कांग्रेसलाई नयाँ क्षितिजतर्फ लैजान सक्ने नेतृत्वपंक्तिकै हैसियतले तपाईं यो संकटकाे एक्लाे निर्माता त हुनुहुन्न तर केवल साक्षी मात्र पनि हाेइन ।
नेतृत्वमा संस्थापनभित्रै बसेर संस्थापनकै निरन्तर आलोचना गरिरहनु विद्रोह नभएर सुविधाजन्य राजनीति हो । जसको कठोर र निर्मम समीक्षा आवश्यक थियो, छ र ढिलोचाँडो हुनेछ ।
किनभने,
नेपाली कांग्रेसको विधान र संगठन संरचनाअनुसार महामन्त्रीकाे पद केवल सानेपाकाे प्रशासनिक जिम्मेवारी मात्रै होइन पार्टीको वैचारिक दिशानिर्देश, संगठनात्मक अनुशासन र राजनीतिक कार्यदिशा निर्धारण गर्ने केन्द्रिय अभिभारा पनि हो । यसर्थ, महामन्त्री पद आफैंमा संस्थापन पनि हाे । नेतृत्वमा संस्थापनभित्रै बसेर संस्थापनकै निरन्तर आलोचना गरिरहनु विद्रोह नभएर सुविधाजन्य राजनीति हो । यसर्थ, संस्थापन पक्षको असफलताको नैतिक जिम्मेवारी महामन्त्री द्वयले लिनुपर्छ कि पर्दैन ? तत्कालीन महामन्त्री द्वयकाे पदीय जिम्मेवारी र भूमिकाको खतरनाक विछाेड र बिच्छेद नै नेपाली कांग्रेसको वर्तमान संकटको एक मूल कारण हैन र ? महामन्त्रीमा निर्वाचित भइसकेपछि गगन र विश्वप्रकाश शर्माकाे सार्वजनिक बाेली, व्यवहार र कार्यशैली महामन्त्री वा संस्थापन पक्षको जिम्मेवारी बोक्ने अभिभावकीय गाम्भीर्यता र उत्तरदायित्वमा आधारित थियो कि थिएन ? जसको कठोर र निर्मम समीक्षा आवश्यक थियो, छ र ढिलोचाँडो हुनेछ ।
आफ्नो जिम्मेवारी नत्यागी एकाेहाेराे सभापति देउवालाई धारेहात लगाउने तपाईंहरूकाे गलत प्रवृत्तिले असहमतिलाई नै अविश्वसनीय बनाउँछ भन्नेकुरा तपाईंहरूकाे बाेली र व्यवहारले नै पुष्टि भएको छ ।
प्रिय गगन जी, पदीय जिम्मेवारी र मर्यादामा महामन्त्री हुने अनि सार्वजनिक खपतका लागि “हामीले चाहेर पनि केही गर्न सकेनाैँ ! ” भन्ने तपाईंहरूको तर्क राजनीतिक रूपले हाँस्यास्पद, लज्जास्पद र कायरतापूर्ण हाे । फेरि केही गर्न नसकेको थाेरै अवधि पनि हैन, चार/चार वर्षकाे कार्यकाल हाे । जिम्मेवार र सुधारवादी व्यक्तिले त नेतृत्वकाे चर्को आलोचना गर्ने मात्रै हाेइन असफल नीतिहरूको सुधार गर्ने, स्वामित्व लिने र आवश्यक परे पदबाटै राजीनामा दिएर संघर्ष गर्ने नैतिक साहस देखाउनुपर्दर्थ्याे, हैन र ? तर त्यो त तपाईंहरूबाट देखिएन र भएन नि । आफ्नो जिम्मेवारी नत्यागी एकाेहाेराे सभापति देउवालाई धारेहात लगाउने तपाईंहरूकाे गलत प्रवृत्तिले असहमतिलाई नै अविश्वसनीय बनाउँछ भन्नेकुरा तपाईंहरूकाे बाेली र व्यवहारले नै पुष्टि भएको छ ।
नेपाली कांग्रेस तत्कालीन दुई महामन्त्रीहरू पुरानो राेगकै नयाँ भेरियण्ट हुन् किनभने एउटा प्रतिनिधि सभा विघटनको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै अर्को प्रतिनिधि सभााकाे निर्वाचनमा भाग लिने तपाईंहरूकाे हतारो सम्मानित सर्वाेच्च अदालतको नजिर, संवैधानिक सर्वाेच्चता र विधिको शासनले मिल्थ्याे कि मिल्दैनथ्याे ?
यति भन्दै गर्दा नेपाली राजनीतिमा गगन थापा र विश्वप्रकाश शर्मा दाेस्राे पुस्तामा केही राजनीतिक क्षमता र प्रभाव भएकै व्यक्ति थिए भन्नेमा कुनै शंका गरेको हैन । तर जति उदारताकाे साथ तपाईंहरूकाे व्यक्तिगत प्रशंसा गर्न सकिन्छ त्यति नै महामन्त्री हुँदा जिम्मेवारी देखाउन नसकेकोमा चाहिँ आलोचना गर्न सकिन्छ र मिल्छ । हेरिराख्नाेस् नेपाली कांग्रेसको विगत, वर्तमान र भाेलीको इतिहासले तपाईंहरूलाई खलनायक महामन्त्रीकै दर्जामा राख्ने तथ्यलाई नकार्न सकिँदैन । सभापति देउवाले कस्ता महामन्त्रीहरूलाई सारथी बनाएर आफ्नो कार्यकाल बिताउनु परेको रहेछ, याे जायज प्रश्न हाेइन र ? पार्टी सभापति असफल भए एउटै कार्यकालका दुई सारथी महामन्त्रीहरू चाहिँ कसरी सफल हुन्छन् ? कांग्रेस, देश र दुनियाँ मूर्ख छन् भन्ने ठान्नुभएकाे छ ? देउवाले गरेको चुनावी गठबन्धनबाट स्थानीय, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभामा कांग्रेस पहिलो पार्टी बनाउँदा परिणाम चाहिँ स्वीकार्ने अनि प्रक्रियामा देउवा एक्लैलाई मात्र दाेष दिने ! तपाईंहरूले स्थापित गर्न खाेज्नुभएकाे कस्तो राजनीतिक संस्कृति, नैतिकता र इमानदारिता हाे ?
प्रिय गगन जी
जेन्जी घटनापछिकाे तपाईंहरूको वैचारिक विचलन नियाेजित र प्रायाेजित नै रहेछ भन्ने तथ्य भृकुटीमण्डपकाे विशेष महाधिवेशनले पुष्टि गर्दछ । राजनीतिक संकटकाे उक्त संक्रमणकालमा नेपाली कांग्रेसको महामन्त्रीकाे हैसियतले तपाईंहरूबाट नेपाली जनताले संवैधानिक स्पष्टता सहितकाे राजनीतिक अडान र संस्थागत स्थिरताको अपेक्षा गरेका थिए, तर तपाईंहरूको सपना, तपाईंहरूले प्राप्त गरेको सुचना र देखाइएको दृश्य त्यसको ठीक विपरीत थियो । यसरी हेर्दा,
नेपाली कांग्रेस तत्कालीन दुई महामन्त्रीहरू पुरानो राेगकै नयाँ भेरियण्ट हुन् किनभने एउटा प्रतिनिधि सभा विघटनको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै अर्को प्रतिनिधि सभााकाे निर्वाचनमा भाग लिने तपाईंहरूकाे हतारो सम्मानित सर्वाेच्च अदालतको नजिर, संवैधानिक सर्वाेच्चता र विधिको शासनले मिल्थ्याे कि मिल्दैनथ्याे ? कांग्रेसको प्राथमिकता संवैधानिक सिद्धान्त हाेकि अन्तिम समयमा विशेष अधिवेशनकाे नाटक गरेेर कृत्रिम बहुमतको आशामा बन्ने उधारो प्रधानमन्त्रीकाे सपना हाे ? तसर्थ, विशेष महाधिवेशनको बहससँगै उठेका “Party hijack” सम्बन्धी आरोप केवल आन्तरिक गुटबन्दीका स्वचालित कदम हुन कि ? सञ्चालित र प्रयाेगमा आधारित अदुरदर्शी आत्मघाती निर्णय थियो ? जसले, फागुन २१ गतेको निर्वाचन नेपाली कांग्रेसका लाखौं कार्यकर्ता र शुभेच्छुकहरूका लागि राजनीतिक उत्सवभन्दा पनि एउटा पतन्नाेमुख आैपचारिक अभ्यासमा सीमित गरायो ।
लोकतान्त्रिक नेतृत्वको विकासक्रममा एउटा त्यस्तो सूक्ष्म मोड आउँछ जहाँ प्रश्न उठाउने क्षमता मात्र पर्याप्त रहँदैन, प्रश्नको उत्तर दिने जिम्मेवारी पनि नेतृत्वकै काँधमा आइपुग्छ । प्रतिपक्षमा रहँदा आलोचना राजनीतिक शक्ति हुन सक्छ तर नेतृत्वमा पुगेपछि त्यही आलोचना समाधानको दृष्टिमा रूपान्तरित हुनुपर्छ । लोकतन्त्रमा नेतृत्वको परिपक्वता उसको असहमति व्यक्त गर्ने कलामा होइन असहमतिलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्ने क्षमताले मापन गरिन्छ ।
तपाईंको राजनीतिक उदय कुनै अकस्मात् संयाेग थिएन । नेपाली राजनीतिमा तपाईंको उपस्थिति मुख्यतः वक्तृत्व क्षमता, संसदमा राजनीतिक र सार्वजनिक विषय उठानमा तपाईंको तीक्ष्ण तर्कशक्ति र निर्भीक प्रस्तुतिकै कारण हाे । लोकतान्त्रिक नेतृत्वको विकासक्रममा एउटा त्यस्तो सूक्ष्म मोड आउँछ जहाँ प्रश्न उठाउने क्षमता मात्र पर्याप्त रहँदैन, प्रश्नको उत्तर दिने जिम्मेवारी पनि नेतृत्वकै काँधमा आइपुग्छ । प्रतिपक्षमा रहँदा आलोचना राजनीतिक शक्ति हुन सक्छ तर नेतृत्वमा पुगेपछि त्यही आलोचना समाधानको दृष्टिमा रूपान्तरित हुनुपर्छ । लोकतन्त्रमा नेतृत्वको परिपक्वता उसको असहमति व्यक्त गर्ने कलामा होइन असहमतिलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्ने क्षमताले मापन गरिन्छ । तर, तपाईंले आफ्नो महामन्त्री पद र भुमिकाबाट जिम्मेवार उत्तर दिनु भन्दापनि स्थापित नेतृत्व, प्रतिपक्ष दल र सरकारमाथि निरन्तर प्रश्न उठाइरहनुभयाे र नेपाली राजनीतिमा मात्रै “रिबेल” काे छविमा स्थापित हुनुभयो ।
तर, समय बदलिएको छ गगन जी, आजको नेपाली राजनीतिमा वक्तृत्व क्षमता अब दुर्लभ राजनीतिक सम्पत्ति रहेन । आजकाे संसदमा केवल बोल्न सक्ने सांसदहरूको अब अभाव छैन । डिजिटल प्रविधि र सामाजिक सञ्जालले दर्जनौं प्रभावशाली वक्ताहरू जन्माइसकेको छ । आजको चुनौती भाषण होइन, परिणाम हो । आजको प्रश्न तर्क होइन, कार्यान्वयन हो । आजको आवश्यकता आलोचना होइन, समाधान र विकल्प निर्माण हो । यसर्थ, डिजिटल लोकप्रियता र राजनीतिक वैधतालाई एउटै ठान्नु समकालीन लोकतन्त्रको सबैभन्दा ठूलो भ्रममध्ये एक हो । सामाजिक सञ्जालले दृश्यता (visibility) दिन सक्छ तर वैधता (legitimacy) दिँदैन । ट्रेन्ड र ट्रस्ट बीचको यही अन्तर बुझ्न नसक्ने नेतृत्व प्रायः आफ्नै लोकप्रियताको प्रतिध्वनिमा अल्मलिन्छ र सकिन्छ । कांग्रेसभित्र र बाहिर पनि तपाईंको नेतृत्वले यही मनाेवैज्ञानिक भ्रमको मूल्य चुकाइरहेको देखिन्छ । राजनीतिमा विद्राेह र विद्राेही आवाजले दिने सामाजिक सञ्जालको सुख्खा ताली तत्कालीन उत्साहको सूचक हुनसक्छ तर त्यो दीर्घकालीन राजनीतिक स्थायित्वको प्रत्याभूति होइन ।
कहिलेकाहीँ आफू विवादास्पद भएर अगाडि उभिनु/रहिरहनुभन्दा नयाँ पुस्तालाई अगाडि ल्याउनु ऐतिहासिक निर्णय बन्न सक्छ । त्यसैले यो पत्र तपाईंलाई सुझाव र विनम्रतापूर्वक गरिएको आग्रह मात्र हाे । यदि तपाईं साँच्चै कांग्रेसलाई बलियो बनाउन चाहनुहुन्छ भने आफ्नो नेतृत्वलाई पार्टीभन्दा माथि होइन, पार्टीको भविष्यलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राख्नुस् ।
दुःखका साथ भन्नुपर्छ, आज नेपाली कांग्रेस आफ्नो इतिहासकै सबैभन्दा कठिन, जटिल र अन्योलपूर्ण अवस्थामा पुगेको छ । पार्टीमा सिद्धान्त र विचार कमजाेर भएको छ । गुटहरूको प्रभाव दिन प्रतिदिन अझै बढ्दै छ । युवा र अनुभवी पुस्ताबीच विश्वासको दूरी बढेको छ । जनतामा कांग्रेसप्रतिको वैचारिक र भावनात्मक आकर्षण क्रमशः खस्किँदै र खुम्चिदै गएको छ । यस्तो अवस्थामा तपाईंको राजनीतिक सान्दर्भिकता पनि अपेक्षाकृत रूपले निकै कमजोर बन्दै गएको अनुभूति हुन्छ । कुनै समय तपाईंलाई नेतृत्वको विकल्पका रूपमा हेरिन्थ्याे आज भने तपाईंकाे नेतृत्व र राजनीतिक सान्दर्भिकतामाथि पनि अनगिन्ती प्रश्नहरू उठ्न थालेका छन् ।
प्रिय गगन जी, राजनीतिमा सबैभन्दा दुर्लभ गुण जसरी भएपनि नेतृत्वमा पुग्नु होइन बरू समयको संकेत बुझ्नु हो । इतिहासले पदमा टिकिरहने नेतालाई भन्दा आवश्यक पर्दा पदभन्दा संस्थालाई माथि राख्न सक्ने नेतालाई ठूलो सम्मान दिएको छ । कहिलेकाहीँ पदमा रहनुभन्दा पदबाट सम्मानजनक बहिर्गमन हुनु ठूलो राजनीतिक उपलब्धि बन्नसक्छ । कहिलेकाहीँ आफू विवादास्पद भएर अगाडि उभिनु/रहिरहनुभन्दा नयाँ पुस्तालाई अगाडि ल्याउनु ऐतिहासिक निर्णय बन्न सक्छ । त्यसैले यो पत्र तपाईंलाई सुझाव र विनम्रतापूर्वक गरिएको आग्रह मात्र हाे । यदि तपाईं साँच्चै कांग्रेसलाई बलियो बनाउन चाहनुहुन्छ भने आफ्नो नेतृत्वलाई पार्टीभन्दा माथि होइन, पार्टीको भविष्यलाई आफ्ना व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राख्नुस् । लाेकतन्त्रमा व्यक्तिको उदय र विजय क्षणिक हुन्छ तर सिङ्गो पार्टीको विजय ऐतिहासिक हुन्छ ।
इतिहासले केवल जित्नेहरूलाई मात्र हैन सही समयमा सही निर्णय गर्नेहरूलाई पनि सम्मानका साथ सम्झिनेछ । तपाईं आफ्नो राजनीतिक यात्रालाई व्यक्तिगत महत्वाकांक्षाको सीमाभित्र नराखी नेपाली कांग्रेसको पुनर्जागरणसँग जोड्नुहोस् ।
आज नेपाली कांग्रेसलाई नयाँ सोच चाहिएको छ । नयाँ संगठनात्मक कार्यशैली चाहिएको छ । गुटविहीन राजनीतिक संस्कार चाहिएको छ । कार्यकर्ताको विश्वास र सम्मान स्थापित गर्ने नयाँ नेतृत्व चाहिएको छ । विचार र व्यवहारबीचको दूरी घटाउने नैतिक साहस चाहिएको छ । गगनजी, त्यो परिवर्तनको नेतृत्व तपाईंले गर्न सक्नुहुन्छ भने आँट गर्नाेस् । यदि परिस्थितिले त्याे सम्भव नभए उदारतापूर्वक मार्गप्रशस्त गर्नाेस् र इतिहासमा अलिकति सम्मानित हुनुहाेस् । चुनावमार्फत तपाईंकाे प्रधानमन्त्री बन्ने आकांक्षा स्वभाविक हाे तर प्रधानमन्त्री बन्ने सपनाले सभापतिकाे योग्यता नै कमजोर पार्न थाल्यो भने त्यसले व्यक्ति र संस्था दुवैलाई गम्भीर क्षति पुर्याउँछ । नेतृत्वको हरेक निर्णयको केन्द्रमा पद होइन उद्देश्य हुनुपर्छ । आज कांग्रेसभित्र विशेष महाधिवेशनको बहस, नेतृत्व परिवर्तनका आवाजहरू र संगठनात्मक असन्तुष्टिहरू संयोग मात्र होइनन् भन्ने पुष्टि भइसकेकाेले यसकाे अन्तरनिहित मर्म बुझ्न विशेष अनुराेध गर्दछु ।
तपाईंले यतिबेला आफूभन्दा नेपाली काङ्ग्रेसलाई र नेपाली कांग्रेसभन्दा राष्ट्रलाई माथि राख्ने साहस देखाउनुभयो भने त्यो केवल तपाईंको व्यक्तिगत विजय मात्र हुनेछैन त्यो नेपाली कांग्रेसको पुनर्जन्म, लोकताान्त्रिक जनविश्वासको पुनर्स्थापना र नेपालको राजनीतिक संस्कारको लागि एउटा नयाँ र स्वर्ण अध्याय बन्नेछ ।
गगनजी, तपाईंकाे अझै राजनीतिक सम्भावना समाप्त भएको छैन । उमेर, ऊर्जा, अध्ययन र राष्ट्रिय मुद्दाप्रतिको संवेदनशीलता र जनतासँग संवाद गर्ने क्षमता तपाईंका राजनीतिक सम्पत्ति हुन् । तर अब तपाईंले उत्कृष्ट वक्तामा भन्दा विश्वसनीय संस्था निर्माताको भूमिकामा आफूलाई रूपान्तरित गर्नुपर्ने समय आएको छ । इतिहासले केवल जित्नेहरूलाई मात्र हैन सही समयमा सही निर्णय गर्नेहरूलाई पनि सम्मानका साथ सम्झिनेछ । तपाईं आफ्नो राजनीतिक यात्रालाई व्यक्तिगत महत्वाकांक्षाको सीमाभित्र नराखी नेपाली कांग्रेसको पुनर्जागरणसँग जोड्नुहोस् । नेपाली राजनीतिक इतिहासमा तपाईंको मूल्याङ्कन प्रधानमन्त्री बन्नुभयो कि बन्नुभएन भन्ने आधारमा होइन नेपाली कांग्रेसलाई कति सक्षम, लोकतन्त्रलाई कति सबल र नेपाली राजनीतिलाई कति स्थिर बनाउनुभयो भन्ने आधारमा हुनेछ । आशा छ, तपाईंले याे आलोचनाभित्रको सद्भावना र असहमतिभित्रको सम्मान बुझ्नुहुनेछ ।
अन्तमा, लाेकतन्त्रलाई प्रभावशाली भाषणभन्दा दीर्घकालीन संस्था निर्माण गर्ने नेतृत्वको आवश्यकता बढी हुन्छ । इतिहासले केवल विजेताको अभिलेख राख्दैन, समयको संकेत बुझेर आफ्नो महत्वाकांक्षालाई संस्थाको हितसँग समायोजन गर्न सक्ने नेतृत्वलाई पनि उत्तिकै सम्मानपूर्वक स्मरण गर्छ । तपाईंले यतिबेला आफूभन्दा नेपाली काङ्ग्रेसलाई र नेपाली कांग्रेसभन्दा राष्ट्रलाई माथि राख्ने साहस देखाउनुभयो भने त्यो केवल तपाईंको व्यक्तिगत विजय मात्र हुनेछैन त्यो नेपाली कांग्रेसको पुनर्जन्म, लोकताान्त्रिक जनविश्वासको पुनर्स्थापना र नेपालको राजनीतिक संस्कारको लागि एउटा नयाँ र स्वर्ण अध्याय बन्नेछ । यही आशा, यही सदभाव र यिनै शब्दका साथ यो खुलापत्र टुङ्ग्याउँछु ।
मलाई विश्वास छ , तपाईंले याे पत्रकाे भाव, भाषा, अर्थ र महत्त्व समयमै बुझ्नुहुनेछ । जय नेपाल ।
सादर सम्मान र शुभेच्छासहित
– विजयकुमार पन्त
एक लाेकतन्त्रप्रेमी नेपाली नागरिक