शिक्षा नियमावली संशोधन: शिक्षक महासंघको निर्वाचनमा अब सबै शिक्षकले मतदान गर्न पाउने

शिक्षा नियमावली संशोधन: शिक्षक महासंघको निर्वाचनमा अब सबै शिक्षकले मतदान गर्न पाउने

  • शुक्रबार, असार १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

१९ असार, काठमाडौं ।

नेपाल शिक्षक महासंघको निर्वाचनमा अब देशभरका सबै शिक्षकले प्रत्यक्ष मतदान गर्न पाउने भएका छन्। सरकारले बिहीबार स्वीकृत गरेको ‘शिक्षा नियमावलीको १०औं संशोधन’ मा महासंघ सम्बन्धी नयाँ व्यवस्था थप गर्दै यस्तो नियम ल्याएको हो।

संशोधित नियमावलीमा ‘सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था विधानमा गर्नुपर्नेछ’ भनी स्पष्ट उल्लेख गरिएको छ। यसअघि महासंघको निर्वाचनमा विभिन्न आबद्ध संस्थाहरूले प्रतिनिधि छानेर पठाउने र तिनै प्रतिनिधिले मात्र मतदान गर्ने प्रणाली थियो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारको यो नयाँ व्यवस्था अनुसार अब महासंघको विधान संशोधनको तयारी थालिने जानकारी दिए।

यस्तै, नियमावलीमा नेपाल शिक्षक महासंघको विधान दर्ता वा संशोधन गर्नुअघि शिक्षा मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयबाट हालसम्म स्वीकृति नलिएका विधानहरू यो नियम प्रारम्भ भएको ३० दिनभित्र स्वीकृतिका लागि पेस गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र मन्त्रालयमा पेस नगरिएका विधानले मान्यता नपाउने नियमावलीमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी