१९ असार, जनकपुरधाम ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन्। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई जिल्ला अदालत महोत्तरीको आदेशानुसार कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको हो।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले महतोलाई शुक्रबार अदालतमा पेस गरिए लगत्तै कारागार चलान गरिएको पुष्टि गरे।
दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ सालमा भएको असई विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले महतोलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले गत बुधबार मात्रै जिल्लाको फैसला उल्ट्याउँदै उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतको सोही फैसला लगत्तै प्रहरीले बिहीबार उनलाई नियन्त्रणमा लिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline