कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य

  • बिहिबार, असार १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

कर्णाली, १८ असार : मौन स्वास्थ्य समस्याका रुपमा बढ्दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो ।

स्वीस विकास नियोगको सहयोग तथा युनिसेफ, युएनएफपिए, डब्लुएचओको समन्वयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य सहयोग कार्यक्रम’ मा सचिव श्रेष्ठले पछिल्लो समयमा भुसको आगो झै फैलिँदै गएको मानसिक स्वास्थ्य सुधारमा सरकारका साथै विकास साझेदारको सहयोग त्यत्तिकै आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयनमा ल्याएको छ । यसमा विकास साझेदारले स्वीकृत मानसिक स्वास्थ्य रणनीतिको लक्ष्य पूरा हुने र नतिजा आउने गरी आफ्नो कार्यक्रम ल्याउन पर्ने आवश्यकतामा सहभागीले जोड दिनुभएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा निर्देशक डा रवीन खड्काले कर्णाली प्रदेशको समग्र मानसिक स्वाथ्यमा प्रभाव पार्ने र औचित्य पूरा हुने कार्यक्रम कार्यान्वयन हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का कर्णाली प्रदेश प्रमुख प्रदीप अधिकारील मानसिक स्वास्थ्य सहयोग कार्यक्रममार्फत यसबाट यहाँका ५५ हजार नागरिक लाभान्वित हुने बताउनुभयो ।

डब्लुएचओका प्राविधिक मामिला हेर्ने डा हिरोशी एजुमाले कर्णाली र यहाँको वस्तुस्थितिलाई बुझेर कार्यक्रमलाई सघन बनाएर लैजाने जानकारी दिनुभयो ।

डब्लुएचओकै स्वास्थ्य अधिकृत विन्दु पन्थीले आजदेखि सुरु गरिएको मानसिक स्वास्थ्य सहयोग कार्यक्रम परीक्षण परियोजनाको रुकुम पश्चिमका त्रिवेणी, सानीभेरी, बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा तथ्याङ्क सङ्कलनमा प्राविधिक सहयोग गरिने जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत बिरामी पत्ता लगाउने, उपचारको दायरामा ल्याउने र टेलिमिडिसन सेवाका लागि सरकारलाई सहयोग कार्यक्रम सन् २०२८ डिसेम्बरसम्म सञ्चालन हुनेछ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका अधिृकत खगेन्द्रप्रकाश गैरले मानसिक स्वास्थ्य सेवा कर्णालीका १० वटै जिल्लाबाट प्रवाह भइरहेको बताउनभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी