टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

  • बिहिबार, असार १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

टीकापुर, १८ असार : टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि रु एक अर्ब तीन करोड ६७ लाख ७७ हजारको बजेट छ ।

नगरसभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षमा भएको सभाले सङ्घीय सरकारबाट रु. ६५ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु १४ करोड ६६ लाख सहयोग प्राप्त हुने तथा आन्तरिक स्रोतबाट रु २४ करोड ४७ लाख आम्दानी हुने अनुमान गरेको छ ।

सभामा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।

नगरप्रमुख रामलाल डगौरा थारुले यसअघि नै राजिनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको तथा उपप्रमुख खडकबहादुर शाह भने हाल निलम्बनमा पर्नुभएकाले ज्येष्ठ सदस्य थारुको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो ।

सभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति कार्यक्रम, वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले अन्य आर्थिकसम्बन्धी गतिविधि तथा वडा नं ४ का वडाध्यक्ष लालविर चौधरीले विविध प्रस्ताव प्रस्तुत गर्नुभएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा स्थानीय कच्चापदार्थ प्रयोग गरी स्थापना हुने उत्पादन मूलक उद्योगलाई नगरपालिका बुझाउनुपर्ने राजस्व शुल्क १० वर्षका लागि छुट दिने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा सरकारको स्वामित्वमा रहेका घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा, मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्ड, मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका सङ्घसंस्थाको घरजग्गा, धार्मिक संस्था, खानेपानी, मसानघाट जस्ता सार्वजनिकस्थलका घर र घरजग्गा सम्पत्तिमा कर नलाग्ने कार्यक्रम अघि सारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी