शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

  • बिहिबार, असार १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 950
    SHARES

काठमाडौँ, १८ असार : शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारीसमा समस्या सम्बोधन गरिने जानकारी दिनुभयो ।

मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्य समिति गठन गर्नुभएको छ । कार्यदलले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवम तरिका मन्त्री समक्ष सिफारिस गर्नु पर्नेछ ।

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकाले निकुञ्जबाट विस्थापित परिवारहरुको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी