रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

  • बुधबार, असार १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १७ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ः०० बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो ।

महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै शपथ लिइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी