जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी

जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी

  • सोमवार, असार १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १५ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको जनाउनुभएको छ ।

तेइसऔँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गरेको उल्लेख गर्नुभएको हो ।

उहाँले धान नेपालीहरूको प्रमुख खाद्यबाली मात्र नभई धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताउँदै स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, सम्वद्र्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने जनाउनुभयो ।

मन्त्री चौधरीले धान तथा चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने जनाउनुभयो । साथै स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी