गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

  • सोमवार, असार १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

गण्डकी, १५ असारः गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३÷८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ । सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उहाँको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी