कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

  • आइतवार, असार १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES
prachanda

काठमाडौँ, १४ असारः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।

संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो । ‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ उहाँले भन्नुभयो ।

विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको संयोजक दाहालले बताउनुभयो । यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो । उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्छ भन्नुभयो ।

कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताउनुभयो । उहाँले एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी