वामपन्थी एकतामा ढिलाइ गरे दुर्घटना हुन सक्छ, समीक्षा गर्न तयार छु: प्रचण्ड

वामपन्थी एकतामा ढिलाइ गरे दुर्घटना हुन सक्छ, समीक्षा गर्न तयार छु: प्रचण्ड

  • आइतवार, असार १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, असार १४ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रियता संकटमा पर्दै गएको भन्दै तत्काल वामपन्थी एकता र सहकार्यको आवश्यकता औँल्याएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

‘भदौ २४ पछि राष्ट्रियता कमजोर बन्दै’

समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले गत भदौ २४ गतेको राजनीतिक घटनाक्रमपछि मुलुकको राष्ट्रियता दिनानुदिन कमजोर हुँदै गएको र प्रतिक्रान्तिकारी कदमहरू बढ्दै गएको दाबी गरे । नेपालमा कम्युनिस्ट आन्दोलनको बलियो प्रभावलाई समाप्त पार्न विश्वभरका प्रतिक्रियावादी शक्तिहरू सक्रिय भइरहेको उनको भनाइ थियो ।

“नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् । यस्तो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा र निरंकुशताका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ,” प्रचण्डले जोड दिँदै भने, “सहकार्य गर्न ढिलो गरिए मुलुक ठुलो दुर्घटनामा पर्न सक्छ ।”

विगतको समीक्षा गर्न तयार

कम्युनिस्ट आन्दोलनभित्र विगतमा भएका कमीकमजोरीहरूबारे आफू खुला समीक्षा गर्न तयार रहेको प्रचण्डले स्पष्ट पारेका छन् । उनले सबै कम्युनिस्ट नेताहरू आत्मसमीक्षाका लागि तयार हुनुपर्ने र राष्ट्रसामु आइपरेको चुनौतीको सामना गर्न मिल्नुको विकल्प नरहेको बताए ।

प्रचण्डले थपे, “यसमा अब कसैले ढिला नगरौँ, सबैले आ–आफ्नै ठाउँबाट वाम एकता र सहकार्यको वातावरण बनाउन लाग्नुपर्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी