चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

  • आइतवार, असार १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES
rss

चितवन, १४ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ का सोविता गौतम उपसभापति र क्षेत्र नं १ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ ।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा.स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आउनुभएको छ । त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उहाँले उम्मेदवारी दिनुभएन ।

पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताउनुभयो । अब मनोनित हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उहाँले बताउनुभयो ।

हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झण्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी