देशीविदेशी शक्तिहरूको घेराबन्दीमा मैदान छोडेर भाग्नेप्रति मेरो कुनै टिप्पणी छैन: राजेन्द्र लिङ्देन

देशीविदेशी शक्तिहरूको घेराबन्दीमा मैदान छोडेर भाग्नेप्रति मेरो कुनै टिप्पणी छैन: राजेन्द्र लिङ्देन

  • शनिबार, असार १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशीविदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्।

शनिबार काठमाडौं आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन्।

उनले केहीले पार्टी छाडेर भागे पनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गरे। पछिल्लो चुनावमा विघटित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीका रूपमा कायमै रहेको उनले बताए।
अध्यक्ष लिङदेनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर काङ्ग्रेस कम्युनिस्टहरू जस्तै भए देशलाई विकल्प दिन एकमात्र पार्टी राप्रपा मात्रै भएको धारणा राखे। उनले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताए। उनले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको भन्दै मुलुक हाक्न उमेरले कुनै प्रभाव नपार्ने समेत बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी