राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

  • शुक्रबार, असार १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, १२ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले २०८० साल कात्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुमपश्चिमको ग्रामीण बस्तीहरुमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तत्काल आवास निर्मााण प्राक्रियालाई गति दिन माग गर्नुभयो ।

यस्तै, सांसद घनश्याम रिजालले इन्धनको मूल्यवृद्धिका कारण विकास निर्माण प्रभावित भएकाले तत्काल मूल्य समायोजन गरी सहज वातावरण बनाउन माग गर्नुभयो ।

सांसद पदमबहादुर परियारले न्यून दृष्टियुक्त व्यक्तिको माग सम्बोधन गरी पुनःस्थापनाको कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले आम नागरिक प्रभावित हुने गरी शिक्षा र स्वास्थ्यमा कर लगाउन नहुने धारणा राख्नुभयो ।

सुकुम्बासीको उचित प्रबन्ध गर्न माग

सांसद रेणु चन्दले सुकुम्बासी समुदायको उचित प्रबन्ध गर्न र मानव अधिकारको सम्मान गर्न आग्रह गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई बाहिर पठाउने सरकारको कार्य गलत भएको टिप्पणी गर्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले सुकुम्बासी समुदायको उचित प्रबन्ध गर्न र उनीहरुलाई संवैधानिक हक अनुसार बसोबासको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद श्रीकृष्ण अधिकारीले सुकुम्बासीलाई आफ्नो बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिसकेपछि उचित प्रबन्ध बिना तत्काल अन्यत्र जाँउ भन्ने सरकारको शैली राम्रो नभएको तर्क गर्नुभयो । सांसद सावित्री मल्लले पनि सुकुम्बासीलाई मानवोचित व्यवहार गर्न र उनीहरुको मानवअधिकारको सम्बोधन गर्न माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी