नेप्से परिसूचक आठ अङ्कले घट्यो

नेप्से परिसूचक आठ अङ्कले घट्यो

  • बिहिबार, असार ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, ११ असारः धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित भएको छ । कूल तीन सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर रु दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबारका आधारमा सोापान फर्मासिटिकल्स शीर्ष स्थानमा छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज कमाएका छन् । भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी