काठमाडौँ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट दर्ता भएको छ । अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४५ अंकले ह्रास आउँदै २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो ।
आज बजारमा कुल ३३८ वटा कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबरको वित्तीय कारोबार भएको छ । कुल कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने २०० वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य भने स्थिर रह्यो । आजको कारोबार पछि कुल बजार पूँजीकरण ४५ खर्ब ५२ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।
बजारमा गिरावट आए तापनि टक्सार पिखुवाखोला जलविद्युत र माथिल्लो यामलिङ हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत २९ करोड ६२ लाख ३३ हजार रुपैयाँसहित अग्रस्थानमा रहँदा सोपान हाइड्रोपावरको १७ करोड २२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।