नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

  • सोमवार, असार ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, ८ असारः नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

अहिल उहाँको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो । उहाँ दम रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मनुभएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित हुनुभएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसक्नुभएको थियो । कांग्रेस राजनीतिमा उहाँ सादगी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

उहाँका तीन छोरा र छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ