पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

  • शनिबार, असार ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच–५ एन–१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा दक्षिणी पश्चिमी अष्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा जुन १४ मा फेला परेको खैरो स्कुआ (ब्राउन स्कुआ) एच–५ एन–१ सङ्क्रमणका कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो ।

यो अष्ट्रेलियामा एच–५ एन–१ स्ट्रेनको पहिलो पुष्टि भएको घटना हो । उक्त भाइरस सन् २०२० यता विश्वका विभिन्न क्षेत्रमा फैलिँदै आएको छ र यसका कारण लाखौँ चरा तथा अन्य जनावर मरेका छन् ।

अधिकारीहरूका अनुसार सङ्क्रमित चरा भेटिएको क्षेत्र नजिकै एक विशाल पेट्रेल चरा बिरामी अवस्थामा फेला परेको छ । उक्त चरालाई क्वारेन्टिनमा राखिएको छ । अष्ट्रेलिया सरकारले सम्भावित प्रकोपको तयारीस्वरूप यसअघि नै ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो ।

यस अवसरमा प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुक्सनले सर्वसाधारणलाई बिरामी वा मृत चराको सम्पर्कबाट टाढा रहन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ