विकृत बनेको पुँजी बजारलाई कानुनी दायरामा ल्याएरै छाड्छौँ: अर्थमन्त्री डा. वाग्ले

विकृत बनेको पुँजी बजारलाई कानुनी दायरामा ल्याएरै छाड्छौँ: अर्थमन्त्री डा. वाग्ले

  • शुक्रबार, असार ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार (सेयर बजार) भित्र वर्षौँदेखि गुम्सिएर रहेको विकृति र विचलनलाई सरकारले कानुनी दायरामा ल्याउन सुरु गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले पुँजी बजारको वर्तमान अवस्था र सरकारी दृष्टिकोण स्पष्ट पारेका हुन्।

संसदमा बोल्दै अर्थमन्त्री वाग्लेले हालै सार्वजनिक भएको एक खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसहितको मुद्दाको केन्द्रविन्दुमा क्यापिटल मार्केट, इन्स्योरेन्स र सेक्युरिटीज (धितोपत्र) क्षेत्र नै रहेको उल्लेख गरे।

देशै हल्लाउने विचलनमाथि एक्सन
“पुँजी बजारमा ठूलो विचलन आएको कुरा जगजाहेर नै छ। देशै हल्लाउने खालको यो विचलनको भित्रभित्रै मक्किएको अवस्थालाई हामी अहिले ‘ट्र्याक’ मा ल्याउँदैछौँ,” अर्थमन्त्री वाग्लेले भने।

काठमाडौँमा जारी अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा ‘आफू पनि परिने हो कि’ भन्ने डरका कारण केही लगानीकर्ताहरूमा संशय र त्रास देखिएको हुन सक्ने उनको विश्लेषण थियो। तर, राज्यले चालेको यो कदमले आगामी दिनमा बजारलाई थप पारदर्शी र सुरक्षित बनाउने उनले दाबी गरे।

‘एक-एक घण्टाको उतारचढाव हेर्दैनौँ’
सरकार सेयर बजारको अल्पकालीन अङ्कको अङ्कगणितमा अल्झिन नचाहने भन्दै उनले दूरगामी सुधारमा जोड दिए। “हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौँ। हामी युगौंसम्म सकारात्मक प्रभाव पार्ने दीर्घकालीन नीतिमा काम गरिरहेका छौँ,” उनले स्पष्ट पारे।

इमान्दार व्यवसायीलाई प्रोत्साहन
अर्थमन्त्री वाग्लेले सरकारले इमान्दारिताका साथ व्यवसाय गर्ने, राज्यलाई बुझाउनुपर्ने कर नियमित तिर्ने र देशको उत्पादन एवं उद्योग क्षेत्रमा लगानी गर्ने वास्तविक व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको जिकिर गरे। आगामी आर्थिक वर्षको बजेट सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्दै अर्थतन्त्रलाई दिगो रूपमा बलियो बनाउने उद्देश्यका साथ आएको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ