विश्वकप फुटबल: स्पेन र क्याबो भर्डेबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो

विश्वकप फुटबल: स्पेन र क्याबो भर्डेबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो

  • मङ्लबार, असार २, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ। सन् २०१० को विश्वविजेता स्पेन फिफा विश्वकपको आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ। क्यानडा, अमेरिका र मेक्सिकोको संयुक्त आयोजनामा जारी विश्वकप अन्तर्गत समूह ‘एच’ को सोमबार राति सम्पन्न खेलमा स्पेन र नवप्रवेशी टोली क्याबो भर्डेले ०–० को गोलरहित बराबरी खेलेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा क्याबो भर्डेले बलियो टोली स्पेनलाई बराबरीमा रोक्दै अंक बाँड्न सफल भएको छ। खेल अवधिभर स्पेनले बलमाथि अधिकांश नियन्त्रण कायम गरे तापनि गोल गर्न भने सकेन।

खेलमा स्पेनको पक्षमा ७४ प्रतिशत बल पोसेसन रहँदा क्याबो भर्डेसँग २६ प्रतिशत मात्र सीमित थियो। स्पेनले विपक्षी टोलीको विरुद्ध कुल २३ शट्स प्रहार गरेकोमा ८ वटा प्रहार निशानामा (On Target) रहेका थिए। अर्कोतर्फ, क्याबो भर्डेले कुल ६ शट्स प्रहार गरेकोमा १ शट मात्र निशानामा परेको थियो।

खेलका दौरान स्पेनले ११ वटा कर्नर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन।

खेलको दोस्रो हाफमा स्पेनले आक्रामक रणनीतिका साथ लमिन यमाललाई मैदानमा प्रवेश गराएको थियो। यमालको आगमनपछि स्पेनले खेलमा केही अवसरहरू सिर्जना गरे तापनि क्याबो भर्डेको बलियो रक्षापंक्ति (Defense) तोड्न असफल रह्यो। परिणामस्वरुप, दुवै टोली निर्धारित समयसम्म गोलरहित स्थितिमै रहे।

यस खेलको नतिजासँगै समूह ‘एच’ मा रहेका स्पेन र क्याबो भर्डेले समान १–१ अंक जोडेका छन्। पहिलो खेल समाप्तिसँगै दुवै टोली समूहको पहिलो र दोस्रो स्थानमा रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी