उपत्यकाका सुकुमवासीद्वारा स्थायी पुनःस्थापना र जमिनको स्वामित्व माग्दै सरकारलाई ज्ञापनपत्र, होल्डिङ सेन्टरको कश्टकर अवस्थाबारे ध्यानाकर्षण

उपत्यकाका सुकुमवासीद्वारा स्थायी पुनःस्थापना र जमिनको स्वामित्व माग्दै सरकारलाई ज्ञापनपत्र, होल्डिङ सेन्टरको कश्टकर अवस्थाबारे ध्यानाकर्षण

  • सोमवार, असार १, २०८३
  • मिर्मिरे अनलाइन

  • 33.8K
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले आफ्नो स्थायी पुनःस्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

थापाथली, गैरिगाउँ, शान्तिनगर र जडिबुटी लगायतका क्षेत्रबाट हटाई हाल कीर्तिपुरस्थित ‘राधास्वामी सत्संग होल्डिङ सेन्टर’ मा राखिएका पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन्।

विकल्प र क्षतिपूर्ति बिना विस्थापित गरेको आरोप
पीडितहरूले उचित विकल्प, कानुनी प्रक्रिया र कुनै क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती थातथलोबाट विस्थापित गरेको आरोप लगाएका छन्। तीन-चार पुस्तादेखि बस्दै आएको बस्ती भत्काएर होल्डिङ सेन्टरमा ल्याइएका कारण आफूहरूको रोजगारी, पशुपालन र बालबालिकाको शिक्षा पूर्ण रूपमा खोसिएको उनीहरूको गुनासो छ।

होल्डिङ सेन्टरमा चरम अभाव: उपचार नपाएर एकको मृत्यु, बालबालिका आइसियुमा
ज्ञापनपत्रमा होल्डिङ सेन्टरभित्रको कश्टकर जीवनशैली र मानवीय संकटबारे गम्भीर खुलासा गरिएको छ:

स्वास्थ्य र पोषणको अभाव: सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको छ।

उपचार नपाउँदा ज्यान गयो: समयमा आवश्यक औषधोपचार नपाएकै कारण सेन्टरमा आश्रित भेषराज परियारले ज्यान गुमाउनु परेको पीडितहरूले उल्लेख गरेका छन्।

बालबालिका जोखिममा: हाल सेन्टरमा रहेका अन्य कयौँ बिरामी बालबालिकाहरू स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा छटपटाइरहेको बताइएको छ।

पीडितहरूले राज्यको यस्तो गैरजिम्मेवारपूर्ण कदमले नागरिकको बाँच्न पाउने हकमाथि नै प्रहार गरेको भन्दै तत्काल दिगो व्यवस्थापन र भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी