मोरङको जहदाबाट ९२२ केजी अवैध गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

मोरङको जहदाबाट ९२२ केजी अवैध गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

  • बिहिबार, जेष्ठ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

विराटनगर, २८ जेठ

सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मोरङको जहदा गाउँपालिका–७ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त अवैध गाँजा समात्न सफल भएको हो।

धानको भुसभित्र लुकाएर लैजाँदै गर्दा नियन्त्रणमा
प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको थियो। शङ्कास्पद अवस्थामा गुडिरहेका यी सवारी साधनलाई सुरक्षाकर्मीको टोलीले पिछा गरेको थियो।

सुरक्षाकर्मीले पिछा गरेपछि पक्राउ पर्ने डरले चालकहरू गाडी र मोटरसाइकल बाटोमै छाडेर फरार भएका छन्। प्रहरीले पिकअप गाडीभित्र खानतलासी गर्दा धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला पारेको थियो।

बरामद गरिएको गाँजा, पिकअप गाडी र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीसमक्ष बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार चालकहरूको खोजी कार्य भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी