किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

  • मङ्लबार, जेष्ठ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

दाङ, २६ जेठः पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।

रु २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु छ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु १० लाख गरी जम्मा रु १६ लाख र किसानका तर्फबाट रु १६ लाख जम्मा भएमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।

मिनीट्रिलर २०, रिपर पाँच, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ