विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै ‘अफलोड’

विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै ‘अफलोड’

  • मङ्लबार, जेष्ठ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ, २६ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाइएको छ। फिफा विश्वकप फुटबल हेर्न मेक्सिकोतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई अध्यागमन कार्यालयले रोकेको हो।

मंगलबार बिहान उनीहरू मेक्सिकोका लागि उड्न विमानस्थल पुगेका थिए। तर, अध्यागमन विभागका अधिकारीहरूले उनीहरूलाई प्रस्थान अनुमति (डिर्पाचर क्लियरन्स) नदिई ‘अफलोड’ गरेका हुन्।

राखेपको सिफारिसमा ‘वाच लिस्ट’ मा नाम
अध्यागमन विभागका निर्देशक टिकाराम ढकालका अनुसार दुवै जनाको राहदानी (पासपोर्ट) ‘वाच लिस्ट’ मा रहेका कारण उनीहरूलाई विदेश जानबाट रोकिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसका आधारमा विभागले उनीहरूको नाम वाच लिस्टमा राखेको बुझिएको छ।

“उहाँहरू मेक्सिको जान खोज्नुभएको रहेछ। तर, राहदानी वाच लिस्टमा रहेका कारण हामीले उहाँहरूलाई विमानस्थलबाटै अफलोड गरेका छौँ,” विभागका निर्देशक ढकालले मिर्मिरेलाई बताए।

पछिल्लो समय एन्फा नेतृत्व र खेलकुद परिषद्बीच विभिन्न विषयमा विवाद चल्दै आएको सन्दर्भमा राखेपको सिफारिसमा खेलकुदका शीर्ष पदाधिकारीहरूमाथि नै विमानस्थलमा यस्तो डण्डा बर्सिएको हो। यस घटनाले खेल वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी