स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजकबीच भेटघाट

  • सोमवार, जेष्ठ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, २५ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजक लीला पेइटर्सबीच आज काठमाडौँमा भेटघाट भएको छ ।

भेटका क्रममा संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (युनडिपी) लगायत संस्थाहरुद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

भेटका क्रममा सरकारका शासकीय सुधारका १०० बुँदे प्राथमिकता, दीगो विकास लक्ष्य, युनिभर्सल हेल्थ कभरेज, जलवायु परिवर्तन, खाद्य स्वच्छता, स्वास्थ्य बिमा, डिजिटलाइजेसन, टेलिमेडिसिनलगायतका विषयमा छलफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ