नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छः सभामुख यादव

  • सोमवार, जेष्ठ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

महेन्द्रनगर (धनुषा), २५ जेठः मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान दिन नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा आज जनकपुरधाममा आयोजित ‘नमूना युवा संसदीय अभ्यास कार्यक्रम–२०८३’ मा उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता आवश्यक पर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “संसदीय अभ्यासमार्फत युवाहरूमा नेतृत्व विकास, तार्किक बहस, निर्णय क्षमता तथा जिम्मेवारीबोधको विकास हुनेछ । ”

सभामुख यादवले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन युवा पुस्ताले संविधान, कानुन तथा संसदीय प्रक्रियाको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता अभ्यासले युवालाई भविष्यमा सक्षम जनप्रतिनिधि, नीतिनिर्माता तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य उपेन्द्र महतोले लोकतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि युवाको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाबाट सहभागी भएका युवाले प्रदेशसभाको बैठक सञ्चालन, प्रश्नोत्तर, प्रस्ताव प्रस्तुति तथा छलफलजस्ता संसदीय गतिविधिको अभ्यास गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ