समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता

समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता

  • आइतवार, जेष्ठ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, २४ जेठ: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताउनुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले आधारभूत स्वास्थ्य पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको कार्यक्रम बनाउन केही काम भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी