एसियन गेम्स छनोट: ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा, लोकेश बम र करण केसी चम्किए

एसियन गेम्स छनोट: ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा, लोकेश बम र करण केसी चम्किए

  • आइतवार, जेष्ठ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २४ जेठ /सिङ्गापुरमा जारी एशियन गेम्स पुरुष टी-२० क्रिकेट क्वालिफायरको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको शानदार जित दर्ता गरेको छ। सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा भएको उक्त खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा नेपालका लागि विष्फोटक ब्याटिङ गर्दै लोकेश बमले अविजित ४४ रनको योगदान दिए। उनले मात्र २६ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित पौडेलले २० बलमा २ चौका सहित २१ रन बनाएर अविजित रहे। ओपनर कुशल भुर्तेलले ८ बलमा ३ चौका र १ छक्काको मद्दतले २० रन जोडे भने आसिफ शेख १ रनमा आउट भए। ओमानका बलर रशाद अल बलुचीले २ बल बलिङ गर्दै ७ रन खर्चिए भने समीर उस्मानले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। ओमानलाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर ३ विकेट लिए। उनको यही प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। यस्तै सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले २ विकेट लिए भने कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको भागमा १-१ विकेट रह्यो। ओमानका लागि सुफ्यान महमूदले सर्वाधिक ३८ रन र जुबैर अल बलुचीले २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।

समूह चरणमा चीन र मलेसियालाई फराकिलो अन्तरले पराजित गर्दै अपराजित रहेको नेपालले यो जितसँगै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। एसियन गेम्सका लागि नेपाल र ओमान दुवै टोली यसअघि नै छनोट भइसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी