बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत

बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत

  • बिहिबार, जेष्ठ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

मकवानपुर, २१ जेठः बागमती प्रदेश सरकारले अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले सो नीति स्वीकृत गरेको हो ।

उक्त बैठकले प्रदेशको विभिन्न जिल्लामा ‘र्‍यापटिङ’ स्कुल सञ्चालन गर्न सैद्धान्तिक स्वीकृत दिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्अन्तर्गत रहेका निजामती कर्मचारीतर्फको स्वास्थ्य क्षेत्रका दुई उपसचिवहरू सागरप्रसाद घिमिरे र शतिस विष्टलाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री तामाङले जानकारी दिनुभयो ।

आव २०८३/८४ को दोस्रो सातादेखि विभिन्न मन्त्रालय अन्तर्गतका कुल २०१ वटा कार्यालयलाई एकीकृत गरेर १९१ वटा कार्यालमा सीमित गर्ने निर्णय गरेको प्रवक्ता तामाङले राससलाई जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ