लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री थपिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री थपिए

  • बिहिबार, जेष्ठ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री समावेश गरिनुका साथै उनीहरूको मन्त्रालयगत जिम्मेवारीसमेत निर्धारण गरिएको छ। नयाँ नियुक्त मन्त्रीहरूमध्ये नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना रहेका छन्।

नयाँ कार्यविभाजन अनुसार एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी, जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको कार्यभार जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएकोमा उनको स्थानमा अहिरलाई नयाँ मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आगामी जेठ २५ गतेका दिनका लागि तय गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ