बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

  • बुधबार, जेष्ठ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौँ, २० जेठः नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ ।

महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

“बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मकरुपमा लिन सकिन्छ”, बजेटबारे महासङ्घको धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभयो ।

महासङ्घले आर्थिक गतिविधिमा भएको सुस्तता, लगानी विस्तारको चुनौती, उत्पादन तथा बजार व्यवस्थापनका समस्या, वित्तीय पहुँचमा कठिनाइ तथा सिाना उद्योग व्यवसायीले भोग्दै आएका समस्या बजेटले सम्बोधन गर्ने अपेक्षा गरेको छ ।

“नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्नेछ”, अध्यक्ष सिंहले भन्नुभयो ।

बजेटमा समेटिएका जनमुखी, उत्पादनमुखी तथा विकासमुखी कार्यक्रमको सफल कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्र र सरकार बीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जेठ २४ र २५ गते २६आँै महाधिवेशन

महासङ्घ स्थापनाको ३७ वर्ष प्रवेशका अवसरमा यही जेठ २४ र २५ गते ललितपुरमा २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिएको छ । महाधिवेशनमा सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक र महिला उद्यमी प्रतिनिधि गरी करिब एक हजार जनाको सहभागिता रहने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

उद्यमी सम्मेलनले महासङ्घको सङ्गठनात्मक सुदृढीकरण, विगतको प्रगति समीक्षा, भावी कार्यदिशा एवं नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक नीतिगत सुधारका विषयमा समयसापेक्ष निर्णय गर्ने उहाँले बताउनुभयो ।

महाधिवेशनले महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ