नयाँ दिल्लीमा रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नयाँ दिल्लीमा रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  • बुधबार, जेष्ठ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

जेठ २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भारत भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

लामिछानेसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै द्विपक्षीय हितका विषयमा सहकार्य गर्न आफू तत्पर रहेको जनाएका छन्। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गर्ने मोदीले उल्लेख गरेका छन्।

“एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रूपमा सहमत छु,” मोदीले लेखेका छन्।

प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत नेपाल सधैँ प्राथमिकतामा रहेको प्रस्ट्याउँदै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्सुक रहेको समेत बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ