प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

  • मङ्लबार, जेष्ठ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका हुन् ।

बैठकका औपचारिक एजेण्डाहरू भने हालसम्म सार्वजनिक गरिएको छैन । तर, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र संसदमा उत्पन्न गतिरोधबारे बैठकमा छलफल हुन सक्ने अनुमान गरिएको छ ।

गत आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर यतिबेला चौतर्फी विरोध भइरहेको छ । प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्तिका कारण संघीय संसद्का बैठकहरू समेत प्रभावित हुँदै आएका छन् ।

यस्तो दबाबपूर्ण परिस्थिति र संसदमा जारी गतिरोधका बीच बस्न लागेको यस मन्त्रिपरिषद् बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ