प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा हंगामा, बैठक २० मिनेटका लागि स्थगित

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा हंगामा, बैठक २० मिनेटका लागि स्थगित

  • सोमवार, जेष्ठ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १८ जेठ

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको विवादास्पद अभिव्यक्तिको रापताप प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभामा पनि सल्किएको छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोधमा सांसदहरूले बैठक कक्षमै नाराबाजी र विरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

सोमबार बसेको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको संसद्‌मा व्यक्त भनाइप्रति कडा आपत्ति जनाउँदै रोष्ट्रम घेराउ र नाराबाजी सुरु गरेका थिए। सांसदहरूको लगातारको विरोध र गतिरोधका कारण बैठक अगाडि बढाउन नसकेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको छ।

आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले नेपाल-भारत सीमा विवाद र कूटनीतिक संवादका क्रममा नेपालले पनि सीमा मिचेको आशयको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर आज राष्ट्रिय सभामा पनि सांसदहरूले देशको अखण्डता र सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री गैरजिम्मेवार बनेको भन्दै आक्रोश पोखेका हुन्।

यसअघि सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको साझा बैठकले प्रतिनिधिसभामा बेल घेर्ने निर्णय गरिसकेको अवस्थामा राष्ट्रिय सभामा पनि सोही मुद्दालाई लिएर बैठक अवरुद्ध भएपछि संसद्का दुवै सदन पूर्ण रूपमा प्रभावित बन्न पुगेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ