लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

  • सोमवार, जेष्ठ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, १८ जेठः आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ ।

वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरूसहितको छलफलबाट विभिन्न निर्णय गरेको छ ।

बैठकले आयोगको ७६औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । यसैगरी, गोरखापत्र राष्ट्रिय दैनिकमा आयोगबाट उपलब्ध हुने विशेष प्रकाशन सामग्री एक पेज रङ्गीन कलरमा निःशुल्क प्रकाशन गरिने र उक्त दिन आयोगसँग सम्बन्धित लेखहरू प्राथमिकता दिई प्रकाशन गर्ने प्रबन्ध मिलाउने पनि उपसमितिको निर्णय छ ।

यसैगरी, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट आयोगको कार्यप्रणालीलगायत समसामयिक विषयमा लेख, अन्तरर्वार्ता, अन्तरसंवाद तथा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइने निर्णय गरिएको छ ।

यसैगरी विज्ञापन बोर्डमार्फत लोक कल्याणकारी विज्ञापनअन्तर्गत आयोगसँग सम्बन्धित नारालाई निःशुल्क रूपमा प्रवाह हुने व्यवस्था गरिने जनाइएको छ । साथै, अन्तरसंवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगिता, ब्याडमिन्टन कार्यक्रमलगायत कार्यक्रम आयोगका विभिन्न कार्यालयबाट सञ्चालन गरिने पनि आयोगले जनाएको छ ।

आयोगका सदस्य राई संयोजकत्वको उपसमितिमा आयोगका सचिव रामेश्वर दङ्गाल, सहसचिव पुरुषोत्तम शर्मा, सूचना प्रविधि निर्देशक रमेश सुवेदी, उपसचिव सुशीला पौडेल ढकाल, उपसचिव दीपक खडका, प्रमुख लेखा नियन्त्रक हिरा न्यौपाने सदस्य हुनुहुन्छ भने उपसचिव देवीप्रसाद सुवेदी सदस्य–सचिव हुनुहुन्छ ।

उपसमितिमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, सार्वजनिक प्रसारण सेवा नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधि आमन्त्रित सदस्य हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ