प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत र निन्दनीय : कांग्रेस

प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत र निन्दनीय : कांग्रेस

  • सोमवार, जेष्ठ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ। प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतीय भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै कांग्रेसले त्यसलाई राष्ट्रहितविपरीत र गैरजिम्मेवारपूर्ण भएको बताएको हो।

कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा संसद्को रोष्ट्रमबाट ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ।

ऐतिहासिक तथ्य र प्रमाणबिना राष्ट्रिय हित प्रतिकूल हुने गरी व्यक्त गरिएका यस्ता विचार अक्षम्य रहेको कांग्रेसले उल्लेख गरेको छ। उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको राजनीतिक तथा कूटनीतिक चेत कमजोर रहेको देखाएको र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक विश्वसनीयतामाथि गम्भीर आघात पुगेको विज्ञप्तिमा दाबी गरिएको छ।

राष्ट्रिय अडान कमजोर बनाएको आरोप
विज्ञप्तिमा नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य र नेपाली जनताको राष्ट्रिय भावना विपरीत प्रधानमन्त्रीबाट व्यक्त विचारहरू स्वीकार्य नहुने उल्लेख छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सामान्य प्राविधिक सीमा समस्यासँग तुलना गरेर प्रधानमन्त्रीले नेपालको स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको आरोप कांग्रेसले लगाएको छ।

बेलायत प्रसंगमा आपत्ति
प्रधानमन्त्री शाहले सीमा समस्याका विषयमा बेलायतसँग पनि कुरा भइरहेको दाबी गरेको प्रसंगलाई कांग्रेसले थप आपत्तिजनक र हास्यास्पद भनेको छ। दुईपक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै यस्तो अभिव्यक्ति दिनुको आधार स्पष्ट पार्न कांग्रेसले माग गरेको छ।

कांग्रेसले उक्त भनाइ सरकारको आधिकारिक धारणा हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्नेबारे स्पष्ट गर्न माग गर्दै प्रधानमन्त्री र सरकारले संसद् तथा आम जनतासमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ