इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धरान (सुनसरी), १७ जेठः कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण इटहरीमा सुरु भएको छ । आजदेखि सुनसरीको इटहरीस्थित रङ्गशालामा सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गर्नुभएको थियो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट एक हजार ७०० खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल, कबडडी, कराते, तेक्वान्दो र उसु गरी छ विधाका खेल समावेश गरिएका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीले काठमाडौँमा हुने १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने घोषले बताउनुभयो ।

सदस्य सचिव घोषका अनुसार भोलि सोमबार सम्पन्न हुने प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी भोलि काठमाडौँका लागि बिदाइ गरिनेछ । कोशी प्रदेशबाट ११५ खेलाडी तथा पदाधिकारीको टोली राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौँ पठाइने उहाँको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौँमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने केन्द्र स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातवटै प्रदेशबाट जम्मा छ सय ६० भन्दा बढी खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी