फुटबल : श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता

फुटबल : श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भारत (गोवा), १७ जेठः भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ ।

भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलङ्कामाथि एक शून्यको अग्रता बनाएको हो । नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन् । पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रस्मिले गोल गरेकी हुन् ।

खेलको १२औँ मिनेटमा सरु लिम्बूको पासमा रश्मिकुमारी घिसिङले गरेको प्रहार पोष्ट बाहिरिएको थियो । त्यसैगरी खेलको विभिन्न समयमा पाएको अवसरलाई भने नेपाली महिला खेलाडीले सदुपयोग गर्न सकेका छैनन् ।

यसअघि भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ । हालसम्मको भीडन्तमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै आएको छ । सोही लयलाई दोहो¥याउने दाउमा नेपाल रहेको छ । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।

आज नेपाली टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन् भने कम्बोडिया क्लबमा आबद्ध प्रिति राई यस खेलमा सहभागी छैन । सेमिफाइनको खेलमा भने प्रिति राईको उपस्थिति रहने अखिल नेपाल फुटबल सङ्घले जनाएको

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी