समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाका सांसदहरुले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी र बेरोजगारीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समय सांसद वासना थापाले बजेटले कर्णालीवासीको शिक्षा, स्वास्थ्य, बेरोजगारीको समस्यालाई प्राथमिकता दिन नसकेको भन्दै गुनासो गर्नुभयो ।

सांसद विश्वराज पोखरेलले बजेटमा रु दुई करोड लगानी गरी कृषि व्यवसाय सुरु गर्ने किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने व्यवस्था स्वागतयोग्य भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका किसानका लागि रु दुई करोड अत्यन्त ठूलो लगानी हुन सक्ने बताउनुभयो ।

सांसद बुद्धरत्न महर्जनले ललितपुरको गोदावरी नगरपालिका वडा नं ८ डुकुछाप (रिङरोडबाट करिब ११ किलोमिटर) दूरीमा रहेको सडकमा आज पनि जीर्ण सडक र पुल निर्माण हुन नसक्दा जनताले सास्ती भोग्नुपरेको बताउनुभयो ।

सांसद भारतकुमार स्वाँरले आगामी आवको बजेटले सेती लोकमार्गको २५९ किलोमिटर, टीकापुरदेखि ताक्लाकोट मानसरोवरलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न माग गर्नुभयो । सांसद भरतबदादुर खड्काले २०७९ सालमा गएको भूकम्पका कारण डोटी जिल्लाका पूर्वीचौकी गाउँपालिकालगायत केही ठाउँमा धनजनको क्षति भएको उल्लेख गर्दै अहिले पनि त्यस गाउँपालिकाका जनताको घरवारविहीन रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भूमिका श्रेष्ठले धनकुटाको सहिदभूमि गाउँपालिकामा हुरीका कारण पुल भाँचिदा विद्युत् सेवा पटकपटक अवरुद्ध भएको भन्दै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद मनमाया विकले गरिबीका कारण दलित समुदाय शिक्षाबाट बञ्चित हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिङ्गो दलित समुदायभित्र पनि मधेसी दलित समुदायका बालबालिका अप्ठ्यारो र विकराल अवस्थामा छन्, उनीहरुलाई पनि आवासिय विद्यालयको व्यवस्था गर्नुपर्छ ।”

सांसद भरत गिरी, भूमिका लिम्बू सुब्बा, भीमकुमार बुढामगर, विदुसी राणा, बलावती शर्मा, मनिष खनाल, महेन्द्रबहादुर शाही, मातृकाप्रसाद यादव, माधवबहादुर थापा, मोहन आचार्य, मोहन लाल आचार्य, यशोधा कुमारी, यज्ञबहादुर बोगटी, यज्ञमणि न्यौपाने, युवराज दुलाल, रचना खतिवडा खत्री, रजनी श्रेष्ठ, रञ्जु न्यौपाने, रमेशकुमार मल्ल, रमेश प्रसाईं, रहबर अन्सारी, राजकिशोर महतो, राजीव खत्री, राधिका रम्तेल, रिना उप्रेती, रुकेश रञ्जीत, रिमा विश्वकर्मा, राम लामा, रुक्मिणी देवी कोइराला, रेखाकुमार यादव, रेणुका काउचा र मदनकृष्ण श्रेष्ठले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ