केपी शर्मा ओलीलाई खुलापत्र

केपी शर्मा ओलीलाई खुलापत्र

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

आदरणीय केपी शर्मा ओलीज्यू,
सादर नमस्कार !
पितृशोकको असह्य पीडा, आफ्नै जीर्ण उमेर र कमजोर स्वास्थ्य अवस्थाका कारण निवासमै विश्राम गरिरहनु भएको यस कठिन समयमा सर्वप्रथम तपाईंप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । अध्ययनशील स्वभाव र शास्त्रीय ज्ञानका कारण तपाईं जीवन र जगतका कैयौं सत्यसँग आफैँ पनि जानकार हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । जीवनका केही क्षण यस्ता हुन्छन् जहाँ पद, शक्ति, प्रभाव र भीड सबै मौन बन्छन् अनि मानिस केवल एउटा सन्तानका रूपमा आफ्ना स्मृति, अभाव र भावनासँग एक्लै उभिन पुग्छ । आज तपाईं ठिक त्यही विन्दुमा हुनुहुन्छ । आशा छ, तपाईंको आत्मबलको ऊर्जाले पितृवियोगको पीडा सहन सक्ने सामर्थ्य र तपाईंको स्वास्थ्य क्रमशः सुधारउन्मुख हुँदै जानेछ ।

जीवनका केही क्षण यस्ता हुन्छन् जहाँ पद, शक्ति, प्रभाव र भीड सबै मौन बन्छन् अनि मानिस केवल एउटा सन्तानका रूपमा आफ्ना स्मृति, अभाव र भावनासँग एक्लै उभिन पुग्छ । आज तपाईं ठिक त्यही विन्दुमा हुनुहुन्छ ।

आज तपाईंलाई लेखिएको यो खुल्ला पत्र केवल व्यक्तिगत अभिव्यक्ति होइन ।  यो पत्र तपाईंलाई नजिकबाट नियालिरहेका लाखौं शुभेच्छुक, समर्थक, पार्टीपंक्ति र तपाईंको राजनीतिक यात्रालाई इतिहासको एउटा महत्त्वपूर्ण अध्यायका रूपमा हेर्ने नागरिकहरूको सामूहिक भावना पनि हो । तर गलत सूचना, भ्रम र अतिरञ्जनाका माध्यमबाट तपाईंलाई निरन्तर विवादको केन्द्रमा राखेर स्वाभाविक रूपमा तपाईंको व्यक्तित्वलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्न खोज्नेहरूका लागि भने याे पत्र असहज लाग्न सक्छ । यद्यपि , तपाईंले याे पत्रलाई सहज रूपमा बुझिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

तपाईंको राजनीतिक यात्रा अभावको पीडा, जेलको कठोरता, राज्यसत्ताको दमन,  वैचारिक प्रतिबद्धता र निरन्तरकाे साधनाबाट निर्मित एउटा दीर्घ संघर्ष, जटिल र भावनात्मक इतिहास हाे । आलोचना र विवादका बीच  तपाईंले आफ्नो राजनीतिक उपस्थितिलाई कहिल्यै निष्क्रिय हुन दिनुभएन ।  समर्थकहरूले तपाईंमा दृढता देखे, विरोधीहरूले चुनौती देखे र पनि स्वीकारेको सत्य के हो भने – केपी शर्मा ओली नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने पात्र हो ।

तपाईं नेपाली समाजको एउटा साधारण परिवेशबाट उठेर
असम्भव जस्तो देखिने परिस्थिति माथि इच्छाशक्ति र धैर्य मार्फत जित हासिल गरी राष्ट्रिय राजनीतिकाे उच्चतम तहसम्म पुगेको असाधारण यात्रा र उपलब्धिको चित्र आँखाअगाडि उभिन्छ। तपाईंको राजनीतिक यात्रा अभावको पीडा, जेलको कठोरता, राज्यसत्ताको दमन,  वैचारिक प्रतिबद्धता र निरन्तरकाे साधनाबाट निर्मित एउटा दीर्घ संघर्ष, जटिल र भावनात्मक इतिहास हाे । नेपाली राजनीतिमा धेरै पात्रहरूकाे उदय भयो, धेरै समयसँगै हराए तर तपाईं निरन्तर बहस, समर्थन, आलोचना र प्रभावको केन्द्रमा रहनुभयो ।

तपाईं संघर्षले बनेको, अनुभवले परिपक्व भएको र प्रभावले स्थापित भएकोले तपाईंको व्यक्तित्व निसन्देह विशाल छ । तर इतिहासको अर्को सत्य के पनि हो भने जब कुनै व्यक्तिको व्यक्तित्व अत्यधिक प्रभावशाली बन्छ त्यसको छायाँमा संस्थाहरू क्रमशः कमजोर देखिन थाल्छन् । लोकतन्त्र व्यक्तिको शक्तिमा होइन, संस्थाको स्थायित्वमा टिक्छ ।

आलोचना र विवादका बीच  तपाईंले आफ्नो राजनीतिक उपस्थितिलाई कहिल्यै निष्क्रिय हुन दिनुभएन ।  समर्थकहरूले तपाईंमा दृढता देखे, विरोधीहरूले चुनौती देखे र पनि स्वीकारेको सत्य के हो भने – केपी शर्मा ओली नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने पात्र हो । इतिहासले व्यक्तिलाई प्रचारको कोलाहलबाट  होइन उसकाे संघर्ष, योगदान र समयसँग गरेको सामना गर्ने क्षमताले मूल्याङ्कन गर्दछ । याे अर्थमा तपाईं केवल एउटा राजनीतिक व्यक्ति मात्र होइन, समकालीन नेपाली राजनीतिक इतिहासको एक अध्याय पनि हाे ।

नेपालकाे लोकतान्त्रिक आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणको जटिल र संवेदनशील यात्रामा तपाईंको भूमिका केवल औपचारिक सहभागितामा मात्रै  सीमित थिएन । तपाईं ती पात्रहरूमध्ये हुनुहुन्थ्यो जसले आन्दोलनको राप-ताप, संक्रमणकालको अनिश्चितता र सत्ताको कठिन परीक्षा तीनै चरणलाई तिखो प्रतिवाद गरिरहनुभयाे ।

झापाको माटोबाट उठेको एउटा सामान्य किसान  परिवारको युवा जसले आफ्नो व्यक्तिगत भविष्यभन्दा माथि राष्ट्रको राजनीतिक चेतनालाई राख्ने साहस गर्‍यो, पञ्चायती निरंकुशताविरुद्ध बुलन्द आवाज उठायो, जेलमा अन्धकारपूर्ण वर्षहरू भोग्यो, शारीरिक रूपमा असह्य पीडा सहँदा पनि आत्मबललाई कहिल्यै पराजित हुन दिएन, र अन्ततः मुलुकको कार्यकारी नेतृत्वसम्म पुग्यो-यी  केवल एउटा व्यक्तिको प्रगतिकाे कथा मात्रै होइन बरू नेपाली राजनीतिमा संघर्ष, धैर्य, वैचारिक अडान र समयसँगको कठोर भिडन्तको जीवित दस्तावेज पनि हो ।

तपाईंको इतिहास लेख्नेले प्रधानमन्त्रीकाे हैसियतमा प्रधानमन्त्री निवासबाटै बाहिरिएको दृष्य र घटनामा गएर नटुङग्याआ‍ेस् । अझै इतिहासकाे अन्तिम पृष्ठ लेखाउने अवसर तपाईंसँग बाँकी नै छ । त्यो अवसर के हाे भने पार्टी नेतृत्वबाट सम्मानजनक बहिर्गमन ।

उमेरका हिसाबले जीवनको उत्तरार्धमा हुनुहुन्छ । तपाईंकाे पूर्ण जीवन राजनीतिक संघर्षसँगै बित्यो । राजनीतिक विचारका लागि गरिएको त्याग, कारावासको यातना, मृत्युको छायाँसँग गरिएको संघर्ष, एउटा युगकै राजनीतिक उथलपुथलमा लिएको चट्टानी राजनीतिक अडान र बारम्बार प्रतिकूल परिस्थितिलाई चुनौती दिन सक्ने अदम्य इच्छाशक्ति तपाईंसँग छ । नेपालकाे लोकतान्त्रिक आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणको जटिल र संवेदनशील यात्रामा तपाईंको भूमिका केवल औपचारिक सहभागितामा मात्रै  सीमित थिएन । तपाईं ती पात्रहरूमध्ये हुनुहुन्थ्यो जसले आन्दोलनको राप-ताप, संक्रमणकालको अनिश्चितता र सत्ताको कठिन परीक्षा तीनै चरणलाई तिखो प्रतिवाद गरिरहनुभयाे । त्यसैले तपाईंप्रति असहमति राख्नेहरू पनि तपाईंको राजनीतिक उपस्थिति र प्रभावलाई पूर्णत: अस्वीकार गर्न सक्दैनन् । त्यस अर्थमा तपाईंमा समर्थकहरूले आशा देख्छन्, आलोचकहरूले बहस देख्छन् र इतिहासले एउटा निर्णायक कालखण्डको भूमिकामा तपाईंलाई एक  प्रतिनिधि अनुहार देख्छ ।

वि.सं. २०७२ काे भूकम्प पछिको आवास तथा पूर्वाधार निर्माण, सडक विस्तार, सुरुङमार्ग, जलविद्युत्,  पानीजहाजसम्म मात्रै नभएर रेल ल्याउने देखि तेल उत्खननसम्मका सपना देखाउनुभयो । धेरैले त्यसलाई व्यंग्य पनि गरे, धेरैले असम्भव भने तर राजनीति केवल वर्तमानको व्यवस्थापन मात्रै होइन भविष्यको दुरदृष्टि पनि हो भन्ने कुरा तपाईंले बारम्बार सम्झाउनुभयो । सपना देख्ने र देखाउने साहस राजनीतिमा दुर्लभ कुरा हो र त्यो तपाईंमा प्रचुर थियो ।

विशेष गरी संविधान जारी गर्ने ऐतिहासिक क्षणमा तपाईंले निर्वाह गर्नुभएको भूमिका त्यसपछि राष्ट्रिय स्वाभिमानमा  देखाएको अडान, नेपाली जनतामा जगाएकाे आत्मविश्वासका कारणले तपाईं धेरैका लागि केवल नेता होइन प्रतिरोधको प्रतीक बन्नुभयो । २०७२ काे संविधान जारी पश्चात् भएको नाकाबन्दी (यद्यपि त्यो नाकाबन्दी थियोे कि, संविधानमा मधेसी अधिकार सुनिश्चित नभएपछि मधेसले काठमाडौंसँग गरेको विद्रोह थियो ?  बहसकै  विषय छ । ) काे कठिन समयमा “हामी झुक्दैनौं” भन्ने सन्देशले जनमानसमा एउटा अलग ऊर्जा र एकता पैदा गरेको थियो । वि.सं. २०७२ काे भूकम्प पछिको आवास तथा पूर्वाधार निर्माण, सडक विस्तार, सुरुङमार्ग, जलविद्युत्, पानीजहाजसम्म मात्रै नभएर रेल ल्याउने देखि तेल उत्खननसम्मका सपना देखाउनुभयो । धेरैले त्यसलाई व्यंग्य पनि गरे, धेरैले असम्भव भने तर राजनीति केवल वर्तमानको व्यवस्थापन मात्रै होइन भविष्यको दुरदृष्टि पनि हो भन्ने कुरा तपाईंले बारम्बार सम्झाउनुभयो । सपना देख्ने र देखाउने साहस राजनीतिमा दुर्लभ कुरा हो र त्यो तपाईंमा प्रचुर थियो ।

तर,
आदरणीय केपी शर्मा ओलीज्यू,
इतिहास लेखनमा केवल उपलब्धिहरू मात्रै हुँदैन त्यसमा कमी-कमजोरीहरूको पनि लेखाजोखा हुन्छ । तपाईंको राजनीतिक यात्रामा जति उचाइ छन्, त्यति नै आलोचनाका छायाँहरू पनि समानान्तर रूपमा छन् ।
तपाईंको नेतृत्व धेरैपटक संवाद, सहमति र संस्थागत संयमताभन्दा टकराव, प्रतिवाद र शक्ति प्रदर्शनतर्फ बढी उन्मुख देखियो । लोकतन्त्रको मूल आत्मा असहमतिको सम्मान, आलोचनाको सहनशीलता र बहुल विचारबीच सहअस्तित्व निर्माण गर्नु हो । तर, त्यो ज्ञान तपाईंमा हुँदाहुँदै राजनीतिक व्यवहारमा पर्याप्त रूपमा देखिन सकिएन भन्ने आलोचना पर्याप्त सुनियो ।  आलोचनालाई आत्मसात् गर्ने उदारताभन्दा त्यसलाई प्रतिरोध गर्ने तीक्ष्ण शैली बढी प्रभावशाली रूपमा देखापर्‍यो ।

लोकतन्त्रको मूल आत्मा असहमतिको सम्मान, आलोचनाको सहनशीलता र बहुल विचारबीच सहअस्तित्व निर्माण गर्नु हो । तर, त्यो ज्ञान तपाईंमा हुँदाहुँदै राजनीतिक व्यवहारमा पर्याप्त रूपमा देखिन सकिएन भन्ने आलोचना पर्याप्त सुनियो ।  आलोचनालाई आत्मसात् गर्ने उदारताभन्दा त्यसलाई प्रतिरोध गर्ने तीक्ष्ण शैली बढी प्रभावशाली रूपमा देखापर्‍यो ।

पार्टीभित्रको आन्तरिक असहमति व्यवस्थापनमा पनि तपाईंबाट अपेक्षित राजनीतिक परिपक्वता र समन्वयकारी शैली प्रकट हुन सकेन भन्ने अनुभूति  अपवाद बाहेक सम्भवतः धेरै पार्टी नेता र कार्यकर्ताहरूले गरे । विचारको बहसलाई सहमतिमा रूपान्तरण गर्ने लोकतान्त्रिक कला कमजोर हुँदा शक्ति–केन्द्रित निर्णय शैली हाबी भएको आरोप बारम्बार दोहोरियो । परिणामतः पार्टीभित्र वैचारिक एकताभन्दा गुटगत तनाव र अविश्वासले ठाउँ लिएको दृश्य एमालेका नेता र कार्यकर्ताहरूले टुलुटुलु नियालिरहे ।

संविधानको आत्मासँग जोडिएका निर्णयहरू गर्दा राज्यसत्ताको अधिकारभन्दा माथि लोकतान्त्रिक नैतिकताको चेतना आवश्यक हुन्छ ।

जनताले तपाईंबाट स्थायित्वको भरोसा खोजेका थिए । लामो संक्रमणकाल, अस्थिर सरकार र निरन्तर राजनीतिक खिचातानीबाट थाकेको नेपाली समाजले तपाईंलाई एउटा दृढ, निर्णायक र स्थिर नेतृत्वका रूपमा हेरेको थियो । तर विडम्बना के रह्यो भने, समय-समयमा उत्पन्न भएका राजनीतिक संकटहरूको केन्द्रमा तपाईं स्वयं उभिएको अनुभूति व्यापक बन्यो । विशेषतः संवैधानिक तथा राजनीतिक रूपमा गम्भीर बहसको विषय बनेकाे संसद विघटनजस्ता निर्णयहरूले केवल तत्कालीन सत्ता समीकरणलाई मात्र होइन, लोकतान्त्रिक संस्कृतिको आधारभूत मर्ममाथि समेत गहिरो प्रहार गरेको थियो । नेपालकाे संविधान २०७२ केवल कानुनी दस्तावेज मात्र होइन, त्यो जनसंघर्ष, बलिदान र लोकतान्त्रिक आकांक्षाको सामूहिक प्रतिज्ञा हो । त्यसैले संविधानको आत्मासँग जोडिएका निर्णयहरू गर्दा राज्यसत्ताको अधिकारभन्दा माथि लोकतान्त्रिक नैतिकताको चेतना आवश्यक हुन्छ । तपाईंका कतिपय कदमहरूले कानुनी बहसभन्दा धेरै नैतिक र राजनीतिक प्रश्न जन्माए जसले भविष्यमा नेतृत्व, शक्ति र संविधानबीचको सम्बन्धलाई लिएर गम्भीर विमर्शको ढोका खोलिदियो ।

आदरणीय आ‍ेलीज्यु, यदाकदा भएकाे हाम्रो भेटघाटबाट मैले बुझेको छु तपाईंलाई । तपाईं पदविना रहन नसक्ने मान्छे हाेइन । केवल पत्र मार्फत सम्झाएको मात्रै हुँ, नेतृत्व शासन गर्ने व्यक्ति मात्रै नभएर उपयुुक्त समयमा विश्राम लिन सक्ने र जान्ने व्यक्ति पनि हो ।

आदरणीय केपी शर्मा ओलीज्यू, तपाईं संघर्षले बनेको, अनुभवले परिपक्व भएको र प्रभावले स्थापित भएकोले तपाईंको व्यक्तित्व निसन्देह विशाल छ । तर इतिहासको अर्को सत्य के पनि हो भने जब कुनै व्यक्तिको व्यक्तित्व अत्यधिक प्रभावशाली बन्छ त्यसको छायाँमा संस्थाहरू क्रमशः कमजोर देखिन थाल्छन् । लोकतन्त्र व्यक्तिको शक्तिमा होइन, संस्थाको स्थायित्वमा टिक्छ । तर तपाईंबाट धेरैपटक जनताले राज्यका संस्थाहरू व्यक्तित्वको प्रभावमा परेकाे, निर्णय प्रक्रिया संस्थागत भन्दा व्यक्तिनिष्ठ भएको र प्रणालीभन्दा नेतृत्वको इच्छा बढी निर्णायक बनेको अनुभूति गरे । सायद यही कारण तपाईंप्रति जनताको भावना सधैं एकरूप रहन सकेन ।

समय-समयमा उत्पन्न भएका राजनीतिक संकटहरूको केन्द्रमा तपाईं स्वयं उभिएको अनुभूति व्यापक बन्यो । विशेषतः संवैधानिक तथा राजनीतिक रूपमा गम्भीर बहसको विषय बनेकाे संसद विघटनजस्ता निर्णयहरूले केवल तत्कालीन सत्ता समीकरणलाई मात्र होइन, लोकतान्त्रिक संस्कृतिको आधारभूत मर्ममाथि समेत गहिरो प्रहार गरेको थियो ।

नेपाली जनताले तपाईंको संघर्षप्रतिको श्रद्धामा एकाेहाेराे विश्वास र गहिरो सम्मान नराखेका हैनन् यद्यपि कहिले तपाईंका निर्णयसँग तीव्र असहमति रह्यो त कहिले तपाईंका कार्यशैलीप्रतिको चिन्ता । नेपाली इतिहासले तपाईंलाई केवल एउटा सफल वा असफल प्रधानमन्त्रीका रूपमा मात्र मूल्याङ्कन गर्ने छैन किनभने तपाईंकाे त्यो व्यक्तित्वले नेपाली राजनीतिलाई गहिरो प्रभाव त पार्‍यो, तर सँगै लोकतन्त्र, शक्ति र संस्थाबीचको सम्बन्धबारे कठिन प्रश्नहरू पनि छोडेर गयो । राज्यशक्तिमा रहँदा जनताले तपाईंबाट स्थायित्व खोजे, तर पटक–पटक राजनीतिक अस्थिरताको केन्द्रमा तपाईं स्वयं देखिनुभयो । एकातर्फ, तपाईंमा संवादभन्दा टकराव बढी, आलोचनालाई सुन्न र स्वीकार गर्ने उदारता भन्दा प्रतिवादको शैली हाबी भयो अर्कोतर्फ पार्टीभित्रका केही समर्थक समूहले तपाईंप्रति अहाेरात्र व्यक्तिकेन्द्रित दृष्टिकोण विकास गर्न थाले । त्यसैको भ्रममा पार्टीभित्रको असहमति व्यवस्थापनमा  सहमतिभन्दा शक्ति प्रयोगको छाप देखाउन थाल्नुभयाे जुन स्वाभाविक लोकतान्त्रिक अभ्याससँग मेल खाने अवस्था थिएन ।

अब गुट र दुई /चार जना गलत सल्लाहकारकाे भ्रममा नपर्नुहाेस् । इतिहासमा सम्मानित हुने धेरै नेताहरूले आफ्नो उचाइमै विश्राम लिने गर्छन् जुन उचाइको अवसर तपाईंले गुमाइ सक्नुभएकाे छ ।

तसर्थ, तपाईंको इतिहास लेख्नेले प्रधानमन्त्रीकाे हैसियतमा प्रधानमन्त्री निवासबाटै बाहिरिएको दृष्य र घटनामा गएर नटुङग्याआ‍ेस् । अझै इतिहासकाे अन्तिम पृष्ठ लेखाउने अवसर तपाईंसँग बाँकी नै छ । त्यो अवसर के हाे भने पार्टी नेतृत्वबाट सम्मानजनक बहिर्गमन ।

आदरणीय आ‍ेलीज्यु, यदाकदा भएकाे हाम्रो भेटघाटबाट मैले बुझेको छु तपाईंलाई । तपाईं पदविना रहन नसक्ने मान्छे हाेइन । केवल पत्र मार्फत सम्झाएको मात्रै हुँ, नेतृत्व शासन गर्ने व्यक्ति मात्रै नभएर उपयुुक्त समयमा विश्राम लिन सक्ने र जान्ने व्यक्ति पनि हो । अब गुट र दुई /चार जना गलत सल्लाहकारकाे भ्रममा नपर्नुहाेस् । इतिहासमा सम्मानित हुने धेरै नेताहरूले आफ्नो उचाइमै विश्राम लिने गर्छन् जुन उचाइको अवसर तपाईंले गुमाइ सक्नुभएकाे छ । अब यही बिन्दुमा आज तपाईंलाई एक स्वतन्त्र नागरिकको हैसियतले विनम्र अनुरोध गर्न चाहन्छु, अब तपाईंले सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गर्न  ढिला नगर्नुहाेस ।

आजकाे दिनमा स्वेच्छाले एक घण्टाकाे पत्रकार सम्मेलन गरेर आत्मालोचना, राज्यशत्ताकाे अनुभव र अबको चुनाैती श्यर गरेर अन्तमा सक्रिय राजनीतिबाट विदा लिएको घाेषणा गर्नुभयाे भने त्यो तपाईंको सबैभन्दा महान् राजनीतिक निर्णय हुनेछ । जीवनको उत्तरार्ध शक्ति र सत्ता बचाउने समय होइन । 

तपाईंले धेरै देख्नुभयो, धेरै भोग्नुभयो, धेरै जित्नुभयो अब देख्न, भाेग्न र जित्न बाँकी केही छैन । तसर्थ सक्रिय राजनीतिबाट सम्मानजनक अवकाशकाे बाटो राेज्दै सकिन्छ नेतृत्व पुस्तान्तरण सकिन्न हस्तान्तरण गर्नुहाेस । नेतृत्वबाट अवकाश लिनु भनेको राजनीतिबाट पूर्ण पलायन हुनु होइन । मार्गदर्शकको भूमिकामा उभिनु अब तपाईंका लागि अझ ठूलो राजनीतिक कर्म हुनेछ । राजनीतिमा कहिलेकाहीँ पछाडि हट्नु भनेको इतिहासमा अगाडि रहनु हो । आजकाे दिनमा स्वेच्छाले एक घण्टाकाे पत्रकार सम्मेलन गरेर आत्मालोचना, राज्यशत्ताकाे अनुभव र अबको चुनाैती श्यर गरेर अन्तमा सक्रिय राजनीतिबाट विदा लिएको घाेषणा गर्नुभयाे भने त्यो तपाईंको सबैभन्दा महान् राजनीतिक निर्णय हुनेछ । जीवनको उत्तरार्ध शक्ति र सत्ता बचाउने समय होइन ।  तपाईंले संघर्ष, राजनीतिक अडान, राष्ट्रियतामा बनाएको छवि, कमाएको सम्मान र देश हितका लागि गरेका काम सम्झेर अन्तिम निर्णय लिनुहाेस्, जुन निर्णयले यस्तो राजनीतिक सन्देश दिआ‍ेस् कि सही समयमा सही निर्णय लिन सक्ने नेताको रूपमा इतिहासले सम्झियाेस् र
तपाईंले विगतमा गरेका थुप्रै सत्कर्मलाई न्याय दियाेस् ।

इतिहासको कठघरामा हरेक नेताले अन्ततः दुई प्रश्नको सामना गर्नैपर्छ :-
पहिलो, तिमीले देशलाई के दियौ ?
दाेस्राे, राजनीतिमा तिमीले आफ्नो सक्रिय समय समाप्त भएको संकेत कहिले र कसरी बुझ्यौ ?

मलाई विश्वास छ , तपाईंले यी यक्ष प्रश्नका युधिष्ठिर उत्तर दिन सक्नुहुन्छ र दिनुहुनेछ ।

सादर सम्मानसहित
विजयकुमार पन्त
एक नेपाली नागरिक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी