काठमाडौं : नेकपा (एमाले) ले सरकारले ल्याएको बजेटलाई गैरजिम्मेवार र हावादारीको संज्ञा दिएको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले दुई तिहाइ बहुमत प्राप्त सरकारले मुलुकको रूपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले शिक्षा, कृषि र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई पर्याप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको बताए।
यस्तै, बैठकले दुवै सदनको दुई तिहाइ बहुमतमार्फत संविधान संशोधन गर्न सकिने भाव सहितको संसद् नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ। ‘जेनजी’ (Gen Z) आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनका विषयमा भने पार्टीको आधिकारिक दृष्टिकोण आएपछि मात्रै संसदीय दलले आफ्नो धारणा तय गर्ने प्रमुख सचेतक महरले जानकारी दिएका छन्।