डिजिटल प्लेटफर्मबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन

डिजिटल प्लेटफर्मबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन

  • शनिबार, जेष्ठ १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गरे। उनले विचार र नेतृत्वको अभाव रहेका यस्ता शक्तिहरू जति तीव्र गतिमा उदाएका थिए, त्यत्तिकै गतिमा ओरालो लाग्ने टिप्पणी गरे।

अहिलेको डिजिटल युगमा एजेण्डाहरू सामाजिक सञ्जालबाटै तय हुने गरेको चर्चा गर्दै पुनले त्यस्ता भर्चुअल आन्दोलनहरूमा कुनै निश्चित विचार र नेतृत्व नहुने उल्लेख गरे। भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्र (बुथ) मा मानिसहरूको भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उनको भनाइ थियो।

“अहिले भोट हाल्दा बुथमा मान्छे देखिँदैनन्, तर भोट गन्दा बाकस भरिभराउ हुन्छ। मान्छेहरू अनलाइन र सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा छन्,” पुनले भने, “हाम्रा संगठनहरूलाई आजको प्रविधिमैत्री कसरी बनाउने भन्ने हाम्रो मुख्य चुनौती हो।”

‘जसरी आए, त्यसरी नै जान्छन्’
सांसद पुनले विगतका राजनीतिक दलहरू पञ्चायतकालमा भूमिगत भएर, जनयुद्ध र जनआन्दोलनका क्रममा दुख र बलिदानको जगमा बनेको स्मरण गराए। तर, नयाँ शक्तिहरू कुनै विचार, राजनीति वा त्यागको जगमा नआएकाले तिनीहरूको भविष्य नभएको उनको तर्क थियो।

मधेसमा सिके राउतको दल र काठमाडौँमा बालेन शाहको चर्चालाई संकेत गर्दै उनले भने, “२०७९ को चुनावमा मधेसतिर सिके राउतहरू ठूलो पार्टी भएर आएका थिए, अहिले कता छन्? सुकुम्बासी बस्तीका नागरिक र साना व्यवसायीले बालेनलाई विश्वास गरेर गल्ती गर्यौँ भन्न थालिसकेका छन्। विगतमा काम हेरेर नेताहरूको परीक्षा हुन्थ्यो, अहिले त एक महिनाभित्रै दुई–दुई जना मन्त्री पदबाट हटाइए।”

यस्ता शक्तिहरू जति तीव्रतामा आएका छन्, त्यस्तै तीव्रतामा पतन हुने दाबी गर्दै पुनले भने, “यो देश र समाज फेरि पनि स्थापित दलहरूले नै सम्हाल्ने हो। त्यसैले स्थापित दलहरू सकिए भन्ने होइन। हामी अलि तरिका पुर्‍याएर क्रान्तिकारी ढंगले अघि बढ्दा नयाँ भन्नेहरू छिट्टै कोल्याप्स हुन्छन्।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ